Logo

विदेश शयरमा अब्बल उपेन्द्र यादव



काठमाण्डौ । सरकारको कामकारवार्ही प्रभावकारी नभएको भन्दै सवैतिर आलोचना भइरहंदा सरकारका मन्त्रीहरु काममा भन्दा विदेश भ्रमणमा केन्द्रित भएका छन् । सरकारका मन्त्रीहरु र तिनले सम्माहलेका मन्त्रालयहरुको कामलाई लिएर प्रधानमन्त्रीले समेत असन्तुष्टि जनाउदै आएका छने । तर मन्त्रीहरु विदेश भ्रमणको मोहमा रमेका छन् ।

धेरै पटक विदेश जाने मन्त्रीहरुमध्ये सवैभन्दा धेरै विदेश जाने मन्त्रीमा उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव पहिलो नम्बरमा पर्छन् । काम नगर्ने मन्त्रालयको रुपमा समेत स्वास्थ्य मन्त्रालय चर्चामा छ । उपप्रधानमन्त्री यादव महिनाको एक–दुइपटक त विदेश यात्रामै हुने गरेका छन् ।

जसले गर्दा उनले सम्हालेको महत्वपुर्ण स्वास्थ्य जनसंख्य मन्त्रालयको काम पनि निकै सुस्त भएको भन्दै आलोचना बढेको छ । पछिल्लो समय मुलुकमा डेंगुको महामारी फैलिएर ७ जना विरामीको मृत्यु भइसक्दा पनि मन्त्री यादवले यसतर्फ ध्यान दिएका छ्रैनन् ।

उपप्रधानमन्त्री यादव सचिवस्तरीय सहभागी हुने कार्यक्रममा समेत आफै जाने गरेको समेत टिप्पणी हुने गरेको छ । तर मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले भने मन्त्रीनै जानुपर्ने कार्यक्रममा मात्रै गएको दाबी गर्छन् ।

स्वस्थ्यमन्त्री यादव बुधबार राती अमेरिका जादै छन् । आगामी सेप्टेम्बर २२–२३ मा अमेरिकाको न्यूयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको महासभामा स्वास्थ्यको सर्वव्यापी पहुंज सम्बन्धी उच्चस्तरीय बैठकमा मन्त्री यादव सहभागी हुने छन् ।

करिव एक साता लामो अमेरिका बसाइमा मन्त्रीले अन्य विभिन्न कार्यक्रममा समेत सहभागी जनाउने मन्त्रालयले विज्ञाप्ती मार्फत जानकारी दिएको छ । यसअघि पनि सरकारले निकालेको विवरणमा सवैभन्दा धेरै विदेश जाने मन्त्रीहरुमा मन्त्री यादव पहिलोे नम्बरमा थिए ।

उपप्रधानमन्त्रीले समय नदिँदा मन्त्रालयका महत्वपूर्ण कामहरु रोकिएको भन्दै कर्मचारीले समेत गुनासो गर्न थालेका छन् । यसअघि मन्त्री यादव बेलायत, जेनेभा, कतार, थाइल्याण्ड, भारतसहित दर्जनभन्दा बढी देश पुगीसकेका छन् ।

डेंगु र स्वास्थ्यमा कर्मचारी समायोजनको समस्यालगायतका मुद्दामा आखा चिम्लिएर गरिएको विदेश शयरलाई जनस्वास्थ्यप्रतिको बेवास्ताको रुपमा बुझ्नुपर्ने हुन्छ ।



प्रतिक्रिया दिनुहोस्