Logo

जब इन्द्रजात्राको तयारी हेर्न पुगेका आइजीपी खनालले नेवारीमै कुराकानी गरे



काठमडौं, १ असोज । इन्द्रजात्राको शुरुको दिन आइजीपी सर्वेन्द्र खनाल वसन्तपुर पुगे । उनी प्रहरी पोशाकमा थिएनन् । ट्रयाकसुटमा पुगेका खनालले स्थानीयसँग पनि भलाकुसारी गरे । बुढापाकाहरुसँग नेवारीमै कुरा गरे । आफ्नो भाषामा आइजीपीले कुराकानी गरेपछि स्थानीय खुशी भएका थिए ।

कठमाडौंको नेवारी समुदायसँग उनको घनिष्ठ सम्बन्ध छ । काठमडौंको नेवार समुदायको बाहुलय रहेको क्षेत्रमा जन्मेहुर्केका पनि उनको घनिष्ठ सम्बन्ध भएको हो । विद्यालय जीवन देखि नै नेवार साथीहरु बढी भएकाले भाषा पनि जान्दछन् । इन्द्रजात्रा बाल्यकालबाट अवलोकन गर्दै आएका खनाल उत्साहका साथ जात्राको शुरु दिनमै पुगेका थिए ।

वसन्तपुर क्षेत्रमा पुननिर्माण भएको दरबार र मन्दिरहरुको पनि अवलोकन गरे । सामान्य नागरिक जसरी प्रस्तुत भएका आाइजीपी खनाल देखेर स्थानीय निकै खुशी भएका थिए ।

खनालले संस्कृति अभियन्ताहरुसँग पनि भेटेर इन्द्रजात्राको तयारीबारे जानकारी लिएका थिए । काठमाडौं उपत्यकामा मनाइने जात्राको विशेष महत्व भएकाले उनी आफै सुरक्षा अवस्थाबारे जानकारी लिन पुगेका थिए । तस्बिरः फेसबुकबाट



प्रतिक्रिया दिनुहोस्