Logo

प्रधानमन्त्री ओली भेट्दा स्वेता खड्का दंग, भिन्नै जाँगर थपिएको विश्वास



काठमाडौं, १ असोज । चर्चित नायिका तथा निर्मात्री स्वेता खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छिन् । मंगलबार उनले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग भेट गरेकी हुन् । प्रधानमन्त्री भेट्दा उनी खुशी छिन् । आफ्नो फेशबुक पेजमा प्रधानमन्त्रीसँगको आफ्नो फोटोसहित एक स्टाटस लेख्दै उनले प्रधानमन्त्रीको सकारात्मक विचार, दृढ ईच्छाशक्ति देखेर आफू दंग भएको जनाएकी छिन् ।

उनले स्टाटसमा लेखेकी छिन्,‘हिजो , सम्माननीय प्रधानमन्त्री के पि शर्मा ओली ज्युसंग भेट्ने शुभ अवसर जुर्‍यो । भेटका अवसरमा सिन्धुपाल्चोकमा निर्माणाधिन एकिकृत नमुना माझी बस्तीको बारेमा कुरा भयो । भेटका क्रममा उहाँले प्रकट गर्नु भएको सकारात्मक बिचार र द्रुढ इक्ष्याशक्ती र देखेर म त दङ्ग भएँ । प्रधानमन्त्री ज्युबाट प्राप्त हौसला र उत्साहरुपी उर्जाका शब्दहरुले म भित्र भिन्नै जाँगर थपिदिएको छ । ५३ घर माझी परिवारका लागी एउटा सुन्दर बस्ती बनाउने यो अभियानमा सबै तह , सबै तप्का र सबै पक्षलाई जोड्ने मेरो प्रयास जारी छ । लौन त , राजनैतिक द्रेश र अतिवादी सोचलाई पैताला मुनी कुल्चिएर सामाजिक बिकासको पाटोमा हामी सबैले साझा पाईला चाल्ने कि !’



प्रतिक्रिया दिनुहोस्