Logo

गृहमन्त्रीका भाई नरेश थापा छुटे



काठमडौं, १ असोज । गृहमन्त्री रामबहादुर थापा बादलका भाई नरेश थापा रिहा भएका छन् । उनलाई आज काठमाडौं जिल्ला अदालतले रिहा गर्ने आदेश दिएको हो ।

संगठित अपराधीका गिरोहसँग मिलेर निर्माण व्यवसायीलाई फोनमा धम्क्याएको अभियोगमा उनलाई अनुसन्धानका लागि हिरासतमा राखिएको थियो । अदालतले प्रमाण अभावमा रिहाको आदेश दिएको हो ।

न्यायाधीश मेदिनीप्रसाद पौडेलको एकल इजलासले नरेश थापासँग एक लाख धरौटीमा रिहा गर्ने आदेश दिएको हो । धरौती राखेपछि उनी आजै रिहा भएका थिए । नरेशबाहेक पाँचजनालाई भने थुनामा राखेर अनुसन्धान गर्न आदेश दिइएको छ ।

निर्माण व्यवसायी शरद गौचनको हत्यामा संलग्न समिरमानसिंह बस्नेतसँग नरेशको सम्पर्क देखिएको थियो । बस्नेतलाई नरेशलाई प्रभावित पारेको प्रमाण भेटिएको आधारमा प्रहरीले कारबाही अगाडि बढाएको थियो ।



प्रतिक्रिया दिनुहोस्