Logo

साउदी र इरानबीच युद्धको खतरा



साउदी अरब र इरानबीच युद्धको खतरा बढेको छ । गत शनिबार तेल प्रशोधन केन्द्रमा भएको ड्रोन हमलामा इरानको भूमिका रहेको आरोप साउदीले लगाएपछि युद्धको खतरा बढेको हो ।

घटनाको पाँच दिनपछि औपचारिक धारणा सार्वजनिक गर्दै साउदीले १८ ड्रोन र सात क्षेप्यास्त्र आक्रमण भएको खुलाएको छ । साउदी रक्षा मन्त्रालयले इरानको भूमिका रहेको प्रमाणित भएको जनाएको छ । उसले भनेको छ, इरानले प्रायोजन गरेको आक्रमण भएकोमा कुनै प्रश्न छैन । इरानका रक्षा मन्त्रालयका प्रवक्ता टुर्की अल मल्कीले इरानको मानवरहित यानको भागहरु प्रमाणका रुपमा प्रस्तुत गरेका थिए ।

साउदी धारणापछि इरानले आरोप खण्डन गर्दै कुनै किसिमको आक्रमणको प्रतिकार गर्ने जनाएको छ । हुथी विद्रोहीले जिम्मेवारी लिएको घटनामा इरानमाथि सिधै दोष लाग्नुमा उसले विद्रोहीलाई सघाउनु पनि कारण रहेको छ । यमनका हुथीलाई इरानको साथ छ भने उनीहरुमाथि साउदीले आक्रमण गर्दै आएको छ ।

यसैगरी, अमेरिकी विदेशमन्त्री माइक पम्पिओ साउदी अरबको भ्रमणमा पुग्दैछन् । उनले साउदी राजकुमार मोहम्मद विन सलमानसँग भेटेर भावी रणनीति तय गर्नेछन् । साउदी अरब अमेरिकासँग नजिक रहेकाले युद्ध भएमा अमेरिकाले साउदीलाई साथ दिनेछ ।-एजेन्सी



प्रतिक्रिया दिनुहोस्