Logo

आर्यघाटमा राष्ट्रिय गान बजाउन लगाउने सरकार- सांसद प्रधान



नेपाली काँग्रेसका सांसद भीमसेनदास प्रधान सरकार असफल भइसकेको बताउँछन् । सरकारको कामकारबाहीको कडा आलोचना गरेका उनीसँग नेपाली रेडियो नेटवर्कको नेपाली बहसका लागि ऋषि धमलाले गरेको कुराकानीः

तपाईंहरुले चलिसकेको संसद अवरुद्ध किन गर्नुभयो ?
सभा, सम्मेलन, विचार, गोष्ठी गर्ने अधिकार हाम्रो संविधाले नै दिएको छ । अहिले त्यसमाथि कुठाघाट गर्ने काम सत्तापक्षबाट भइरहेको छ । दुईतिहाई बहुमतको सरकार मलुकमा छ । सरकारको नेतृत्व गरिरहेको पार्टीका कार्याकर्ताले नेपालगन्जमा शान्तिपूर्ण ढंगले सञ्चालन भइरहेको कार्यक्रममाथि आक्रमण गरी नेपाली कांग्रेसको जिल्ला सभापतिलाई नै घाइते बनाइएको छ । यसरी सत्तापक्षका कार्याकर्तालाई सांघातिक हमला गरेको तमाम जनतालाई थाहा छ । त्यहाँ नेपाली कांग्रेसका थुप्रै नेता कार्यकर्ता घाइते हुनुभएको छ ।
आक्रमणकारीलाई कारबाही गर्न मुद्दा दर्ता भइसकेपछि तपाईहरुले किन संसद् अरुद्ध नर्गुभयो ?
दोषीमाथि कारबाही हुन्छ भनेर मुद्दा दर्ता भइसके छ भनेर हाम्रो पुष्पा भुसालले सरकारलाई धन्यवाद दिन बोल्दै गरेको अवस्थामा सत्तापक्षबाट वातावरण बिग्रने अवस्था सिर्जना भयो । सत्तापक्षले नै यो हामी मान्दैनौं भनेर च्यालेन्ज गर्ने अवस्था सिर्जना भएपछि हामीले नारावाजीसहित रोष्टम घेराउ गरेको हो ।
नेपाली कांग्रेसलाई पनि संसद अबरुद्ध गर्ने महारोग लागेको हो ?
हामीले कसरी जहिले पनि अब रुद्ध गरेका छौं । यो सरकारलाई नेपाली कांग्रेसले धेरै कुरामा सहयोग गरेको छ । हामीले सानातिना कुरा कहिल्यै अबरोध गरेनौं । यसअघि हामीले केही बोलेकै छैनौं ।
बहस छलफल गर्न सकिँदैन ? संसद नै अरुद्ध गर्नुपर्छ ?
सत्तापक्ष नै अमर्यादित ढंगले प्रस्तुत भएको हो । सभामुखले रुलिङ गर्छु भन्दा पनि उहाँ एकोहोरो बोलिरहनुहुन्छ ? अनि हामी उठेर नारावाजी गरेको हो । प्रतिक्ष भनेको त्यही त हो नि ।
प्रतिधिनिसभामा सांसदहरुले बोल्ने होइन ?
उहाँले आपत्तिजनक कुरा बोल्नुभयो नि । बोल्न पाइन्छ भन्दैमा अमर्यादित ढंगले प्रस्तुत हुनुभएन नि । भित्र कमिटीमै सहजीकरण भएको अवस्थामा बोलेपछि त सरकारको नियतमाथि हामीले प्रश्न उठाउनुप¥यो नि किन यस्तो भयो भनेर । त्यसलाई सभामुखले रोक्नुप¥यो नि हामीलाई कैयौंपटक रोक्छन् नि ।
सरकारले छानविन गरेर दोषीलाई कारबाही गर्छु भनिरहँदा संसद किन अबरोध गरेको ?
सरकार आपैmले सहमतिलाई भाँडेर हंगामा गर्न खोजेपछि त्यसको विरोधमा उत्रिएका हौं । सभामुखले दुईपक्षबीच कुरा गरेर सहजीकरण गरेको भए केही समयपछि संसद् चलिहाल्थ्यो नि । उहाँले रोकिदिनुभयो हामीले रोकेको होइन । मिलाउने काम उहाँहरुको हो । अब १ गते संसद बस्नुअगाडि समितिका साथीहरु बसेर त्यसलाई टुंग्याउँछन् ।
अब संसद चल्छ ?
चल्ने सम्भावना छ । किटानी जाहेरी भएको व्यक्तिलाई सरकारले समाउनुपर्छ । दर्ता भइसकेको मुद्दामा सरकारको चासो नभएर हो । सुरुदेखि सरकारले यो घटनालाई चासै दिएको छैन । प्रशानले चाहेको भए घटना भएपछि प्रहरीले समातिहाल्छ । कार्यक्रममा त्यत्रो हंगामा भएको छ । त्यहाँ प्रहरीले घटना घटाउनेलाई समाउनुपर्दैन । त्यो नसमातेको हो । व्यवास्ता भए पनि संसद् अवरुद्ध भयो । त्यसपछि गृहमन्त्रीले आपैm बोलेपछि दर्ता गर्ने प्रक्रिया सुरु भयो । किटानी जाहेरी भएर दर्ता भएपछि दोषीलाई मानुकी प्रक्रियामा समातेर थुन्नुप¥यो या कानुनी प्रक्रियामा अगाडि बढाउनुप¥यो । कारबाही नहुन्जे हामी संसाद्मा कुरा उठाउँछौं ।
तपाईहरुले भ्रष्टाचारको बारेमा मुद्दा बनाउन सक्नुभएन नि ?
निर्मला हत्याकाण्डदेखि वाइडवडी, जग्गा प्रकरण, मिडिया विधेयक, गुठी, मानवअधिकार गायतका विषयमा हामी संसदमा मुद्दा ठाइरहेका छौं । दुईतिहाई बहुमतको दम्भ भएर सरकारले यसमा सुनुवाइ गरेको छैन । पत्रकारहरुको आन्दोलनलाई यो सरकारले वास्ता गरेर हामी त्यो साथ दियौं । भ्रष्टाचार मुद्दाहरुमा हामी संसददेखि सदनसम्म कुरा उठाइरहेका छौं । सरकारले छानविनको नाममा अलमल्याएर राखेको छ ।
यो सरकारका अनियमितताको काण्डैकाण्ड छन् कांग्रेस किन बोल्दैन ?
हामी अहिले राष्ट्रिय जागरण अभियानमा छौं । त्यस कारणक्रममा हामीले सरकारले गरेका अनियमितताका बारेमा जनतालाई जागरुक बनाउने काम गरेका छौं । कतिपय पार्टीका आन्तरिक विषयमा पनि व्यस्त छौं । संसदमा हामीले अहिलेसम्म सकारात्मक भूमिका निर्वाह गरेका छौं ।
नेपाली कांग्रेस संसदमा नकारात्मक कुरा मात्रै उाठँछ किन ?
किन राम्रो भएन हरेक कुरा उठाइरहेका छौं । मन्दिर जस्तो ठाउँमा राष्ट्रिय गीत बजाउने भन्ने मैंले विरोध गरेको हो । राष्ट्रिय गीत लगेर मन्दिर, पूजा गर्ने ठाउँ, पूजा कोटा, मस्जिदमा बजाउने होइन । यसको छुट्टै महत्व र गरिमा हुन्छ । सरकारले गरेका हरेक विकृति विसंगतिका विरुद्ध हामीले आवाज उठाइरहेका छौं ।
राष्ट्रिय गान आर्यघाटमा गाउनुहुँदैन भन्ने तपाईंको निष्कर्ष हो ?
राष्ट्रिय गान जस्तो राष्ट्रियता बोकेको चिज जथाभावी गाउने होइन । त्यो त राष्ट्रपति, प्रधानमन्त्री, अन्तर्राष्ट्रिय समुदायको उस्थिति भएको ठाउँमा पो गाउने हो । आर्यघटमा पनि लगेर राष्ट्रिय गान गाउने हो ? यस्ता जनताले पचाउनै नसक्ने खालका नचाहिने काम यो सरकारले गरिरहेको छ । मान्छे दाहसंस्कार गर्न गएका मलामीले पनि राष्ट्रिय गान गाउनुपर्छ भन्दा हाँस्यास्पद हुँदैन । कुनै देशमा नभएको चलन गरेर । आर्यघाटमा मान्छेहरु आफ्न्तको मृत्युले शोकमा डुबेको ठाउँमा लगेर राष्ट्रिय गान गाउन सक्छन् ? त्यो उचित हो ? भावविह्वल भएको बेलामा कसलाई राष्ट्रिय गानका लागि उठ्नुस् भन्ने ? त्यसैले राष्ट्रिय गानको एउटा स्थान विशेष महत्व हुन्छ । जहा पायो त्यही जति बेला पायो त्यति बेलै गाइहाल्ने भनिहाल्ने होइन ।
सरकार र प्रतिपक्ष दल कांग्रेसको सम्बन्ध राम्रो हुन्छ ?
अहिलेको उपलब्धिलाई संस्थागत गर्नुपर्छ भनेर हामीले पार्टी सभापति शेरबहादुरकोमा गएर कुरा राख्यौं । पछिल्लो समय व्यवस्थाप्रति नै विभिन्न किसिमका टिकाटिप्पणी भइराखेका छन् । राजवादीहरुको चलखेल बढिरहेको छ । प्रधानमन्त्रीले बालुवाटारमा बोलाएर पनि दलहरुसँग छलफल गर्नुभयो । हामीले सभापतिसँग छलफल गरेर नेपाली कांग्रेसले यसको अगुवाइ लिनुपर्छ भनेपछि । शेरबहादुर देउृवाले प्रधानमन्त्रीलाई भेटेर व्यवस्थाप्रति उठेका नकारात्मक विषयको निराकरणका सुझाव दिनुभएको छ । त्यसैले राष्ट्रिय विषयमा सधैंभरी रचनात्मक सहयोग सरकारलाई छ । संघीयता, गणतन्त्र, लोकतन्त्रको रक्षाका लागि हामी सधैं अगाडि छौं । यी विषय संविधान दिवस पनि आउँदै छ । त्यसलाई सफल बनाउन पनि हामी सबैले सरकारलाई सघाएर जाने भनेका छौं । सरकारले गल्ती गरेको छ भने त्यसलाई सही ट्रयाक्टमा ल्याउन खबरदारी गर्ने काम प्रतिपक्षको हो । तत्कालीन माओवादीलाई गिरिजाप्रसाद कोइरालाले संसदीय प्रक्रियामा ल्याउनुभयो । संविधान नेपाली कांग्रेसको नेतृत्वमा जारी भएको हो । संसदीय प्रणालीको व्यवस्था कांग्रेसकै एजेन्डा हो । लोकतान्त्रिक गणतन्त्रको एजेन्डा कांग्रेसकै हो । यी प्राप्त उपलब्धीहरु गुम्दा सबै संसदवादीहरु दोषी हुन्छन् । त्यसले हामीले बेलैमा सरकारलाई सचेत गराएका छौं तपाईंहरुको दम्भका कारण लोकतन्त्रमा खतरा नहोस् भनेर । जोगाउन हामीले कहाँबाट सहयोग गर्नुपर्छृ तयार छौं ।
राजपाले त यो संविधान दिवसलाई कालो दिवस भनेको छ नि ?
लोकतन्त्रमा कसैलाई कुनै कुरा मनपरेन भने विरोध गर्न पाउँछन् । सबैले मनाउनैपर्छ भन्ने छैन । उहाँहरुको चित्त बुझेन विरोध गर्न पाए । सरकार मन्त्री उपेन्द्र यादव त्यही समयमा बाहिर जाँदै हुनुहुन्छ । किन भने उहाँले पनि यो संविधानको विरोध गरेको हो । यहाँ बसो मनाउनुपर्छ बरु बाहिर गयो ढुक्क । यहाँ बसेर विरोधीलाई सहयोग गर्न सरकारमा बसेर मिलेन ।
संविधान दिवस छल्न अमेरिका उड्दै हुनुहुन्छ ?
त्यही देखिन्छ । बाहिरै जानै पर्दैन उहाँहरुले स्टेटमै गए पनि हुन्छ । उहाँहरुले पहिलादेखि नै असहमति जनाउँदै आउनुभएको हो । अरु सबैको दुईतिहाई बहमुतले पारित गरेको हो । उहाँहरुले त्यसमा असहमति जनाउनुभएको छ । सरकारले त्यसलाई संसोधन गर्ने भनेको अहिलेसम्म संसोधन गर्न पनि ल्याएको छैन । उपेन्द्र यादव आपैm सरकारमा सामेल हुनुहुन्छ । संविधान भनेको सबैले मानेको हुनुपर्छ । मधेसका कतिपय दलहरुले यो संविधानका केही विषयमा असहमति जनाइरहेका छन् । संविधान भनेको सहमतिको दस्तावेज भएकाले उनीहरुको भावनालाई पनि समेटेर जानुपर्छ । यो विषयमा सरकार मौन छ । कतिपय हिजो संविधानप्रति सहमत दलहरु पनि सरकारमा सामेल छन् उहाँहरु पनि संसोधनका लागि तत्पर हुनुहुन्न ।



प्रतिक्रिया दिनुहोस्