Logo

काठमाडौंमा विश्वकर्मा पूजा यसरी मनाईयो (तस्विरसहित)



काठमाडौं, १ असोज । नेपालमा प्रत्येक वर्ष असोज १ गते विश्वकर्मा भगवानको पूजा गर्ने गरिन्छ । हरेक वर्षझैं यसपटक पनि काठमाडौंमा सवारी–साधन, कलकारखाना तथा औजारको पूजा गरेर यो पर्व मनाइएको छ ।

ऋग्वेदअनुसार भगवान् विश्वकर्मा सम्पूर्ण ब्रह्मान्डका वास्तुकार तथा सबै देवताहरुका आधिकारिक निर्मातासमेत हुन् । महाभारतमा उनलाई कलाका स्वामी, उत्तम शिल्पकार तथा सर्वश्रेष्ठ कालिगढ भनेर वर्णन गरिएको छ । पौराणिक कथनअनुसार उनलाई सृष्टिका रचयिता भगवान् ब्रह्माका सातौं धर्मपुत्रकोरुपमा पनि चिनिन्छ ।

हिन्दु समाजमा विश्वकर्मा पूजाको विशेष महत्व रहेको छ । मानिसलाई सम्पूर्ण शिल्प ज्ञान भगवान् विश्वकर्माबाटै प्राप्त भएको मानिन्छ । सम्पूर्ण विधि पुर्‍याएर भगवान् विश्वकर्माको पूजा गर्दा व्यापारमा सधैं फलिफाप हुने मान्यता रहेको विश्वकर्मा पूजा समितिका कोषाध्यक्ष कपिलदेव ठाकुरको भनाइ छ ।

तस्विर : मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्