Logo

एक हजारको नोटमा रहेको हात्ती कसको ?



काठमाडौं २ असोज । हजारको नोट अर्थात् सजिलो भाषामा ‘हात्ती’ । तर यसको त्यही हात्तीमाथि प्रश्न उठेको छ– के यो नेपाली नै हो त ?

‘हो’ भनेर प्रमाण दिने कोही निस्किएको छैन । बरु ‘होइन’ भनेर आधार देखाउने धेरै छन् ।

विवाद बढेपछि नेपाल राष्ट्र बैंकले सुरक्षित उपाय निकालेको छ– हात्ती नै फेरिदिने ।

अब नेपालमै जन्मिएका जुम्ल्याहा हात्ती राम–लक्ष्मणको पोट्रेट तस्वीर छापिएका हजारका नोट अर्को दसैंसम्म आइसक्नेछन् । त्यसको प्रक्रिया अघि बढाइसकेको राष्ट्र बैंकले जनाएको छ । –अन्नपूर्ण पोस्ट दैनिकबाट



प्रतिक्रिया दिनुहोस्