Logo

नेपाल एयरलाइन्सलाई पब्लिक कम्पनी बनाउन सुझाव



काठमाडौं, असोज २ । एक महिना अगाडी बनाइएको सरकारी कार्यदलले नेपाल वायुसेवा निगममा रणनीतिक साझेदार भित्र्याउन सुझाव दिएको छ। पूर्व पर्यटन सचिव सुशील घिमिरेको संयोजकत्मा गठित पाँच सदस्यीय कार्यदलले निगममा तत्काल रणनीतिक साझेदार ल्याउन सुझाव दिएको हो।

कार्यदलले बुधबार पर्यटन मन्त्री योगेश भट्टराई बुझाएको प्रतिवेदनमा रणनीतिक साझेदारी भित्र्याएर निगमलाई पब्लिक कम्पनी बनाउन सुझाव दिएको छ। समितिले निगमको व्यवस्थापनबारे यसअघि तयार पारिएका ६ वटा प्रतिवेदनको समेत अध्ययन गरी नयाँ प्रतिवेदन दिएको हो।

प्रतिवेदनले निगमलाई पब्लिक कम्पनीमा लान र सर्वसाधारणदेखि विभिन्न संस्थारनिकायलाई पनि शेयर जारी गर्न सुझाव दिएको आजको अन्नपूर्ण दैनिकमा राजु बास्कोटाले खवर छापेका छन् र

 



प्रतिक्रिया दिनुहोस्