Logo

म्यानचेस्टर सिटीको सानदार जीत



इंग्लिस प्रिमियर लिग विजेता म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलमा सानदार शुरुवात गरेको छ । गएराति सम्पन्न खेलमा सक्टर डोनेटस्कलाई उसकै मैदानमा ३-० ले पराजित गर्दै सिटीले उपाधिको दाबेदारका रुपमा आफूलाई प्रस्तुत गरेको हो ।

सिटीको जीतमा पहिलो गोल महरेजले २४ औं मिनेटमा गरेका थिए । गुनडोगानले ३८ र ग्याब्रियल जेससले ७६ औं मिनेटमा गोल गरी सहज जीत दिलाए । खेलमा बेल्जिमका स्टार केभिन डि ब्रुन नायक भए । उनी प्लेमेकरका रुपमा देखिएका थिए ।

खेलमा पूरा समय सिटी सक्टरमाथि हावी भयो । जीतसँगै सिटी च्याम्पिसयन्स लिगको छनोट चरणमा जित हासिल गर्ने एकमात्र टोली भएको छ । Photo source: Man city



प्रतिक्रिया दिनुहोस्