Logo

‘फ्लुले ३६ घण्टामै ८ करोडको ज्यान लिन सक्छ’



काठमाडौं, असोज २ । आठ करोड मानिसको ज्यान केवल फ्लुले ३६ घण्टामै लिन सक्ने भन्दै विज्ञहरुले सचेत गराएका छन् । विश्व स्वास्थ्य संगठन डब्लुएचओका प्रमुखको नेतृत्वमा रहेको विश्वका उच्च तहका विशेषज्ञसहितको टोलीले यस्तो चेतावनी दिएको हो ।

यसको संक्रमणबाट विश्वभर रोगहर फैलिरहेका छन् । बुधबार सार्वजनिक गरिएको ए वल्र्ड एट ‘जोखिममा विश्व’ प्रतिवेदनमा ‘सन १९१८ मा जस्तो फ्लु जस्तो महामारी अहिले पनि तीब्र गतिमा फैलिन सक्ने छ । यसको नियन्त्रणका लागि भएको प्रयास अपर्याप्त छ ।’

क सताब्दीअघि ‘स्पेनिस फ्लु’को महामारीबाट विश्वका एक तिहाई जनसंख्या संक्रमित भएको र पाँच करोड मानिसको मृत्यु भएको थियो । यसैगरि महामारी फैलियो भने विश्वमा भयावह स्थिति सृजना हुने सक्ने चेतावनी विज्ञहरुले दिएका छन् । आजको कान्तीपुर दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot