Logo

मारिया पूर्व क्लबविरुद्ध नायक हुँदा रियल पराजित



अर्जेन्टिनी स्टार एन्जेल डि मारिया आफ्नो पूर्व क्लब रियल म्याड्रिडविरुद्ध नायक हुँदा पेरिस सेन्ट जर्मेनले ३-० को सानदार जित निकालेको छ । गएराति सम्पन्न च्याम्पियन्स लिग फुटबलमा मारियाले दुई गोल गरेका थिए ।

घरेलु मैदानमा रियललाई पराजित गर्न मारियाले १४ र ३३ औं मिनेटमा गोल गरी टोलीलाई पहिलो हाफमै दुई गोलको अग्रता दिलाएका थिए । खेलको इन्जुरी समयमा मुनिरले गोली गरी जित पक्का गरेका थिए ।

जिनेडेन जिदानले रियललाई सम्हालेपछि खराब प्रदर्शन गरिरहेको टोलीले फेरि स्तब्ध हुनुपरेको छ । यसले जिदानको भविष्यमाथि शंका उत्पन्न गराएको छ



प्रतिक्रिया दिनुहोस्