Logo

यस्तो छ चीनले शुरु गर्न लागेको विश्वकै महंगो ‘स्टारफिस’ एयरपोर्ट



चीनले विशाल एयरपोर्ट खोल्दैछ । दक्षिणी बेइजिङमा बनाइएको एयरपोर्टले भोलिबाट व्यवसायिक उडान शुरु गर्नेछ । यो संसारको सबैभन्दा महंगो विमानस्थल हुनेछ ।

स्टारफिस आकारको एयरपोर्टमा प्रत्येक घन्टा तीन सयवटा उडान र अवतरण हुनेछ । प्रतिमिनेट पाँचवटा जहाज उडान र अवतरण गर्ने एयरपोर्टमा सन् २०२१ सम्मा साँढे चार करोड यात्री प्रत्येक वर्ष यात्रा गर्नेछन् ।

चारवटा रनवेबाट शुरु गर्ने यसले सातवटा रनवे पुर्याउने लक्ष्य लिएको छ । ९७ फुटबल मैदान बराबरको एयरपोर्टमा चार रनवे छन् । ४७ वर्ग किलोमिटर क्षेत्रफलको विमानस्थल आधा हङकङ बराबरको हुनेछ । ११ अर्ब डलर खर्च गरेर निर्माण गरिएको विमानस्थल बेलायती डिजाइनर जाहा जाडिडको डिजाइन हो । तर, जाहाको निधन भइसकेकाले उनले एयरपोर्ट हेर्न पाइनन् । उनको सन् २०१६ मा निधन भयो ।

चिनियाँ मिडियाका अनुसार बेइजिङ डाजिङ इन्टरनेशनल एयरपोर्ट संसारकै दोस्रो व्यस्त हुनेछ । चीनले सन् २०२२ मा अमेरिकालाई उछिन्दै संसारकै सबैभन्दा ठूलो हवाई यात्राको स्थान लिन लाग्दा धमाधम एयरपोर्टहरु बनाइरहेको छ । यसै योजना अनुसार बेइजिङमा विशाल एयरपोर्ट बनेको हो ।-एजेन्सीको सहयोगमा  Photo Source: Thailandtatler



प्रतिक्रिया दिनुहोस्