Logo

संविधान दिवस मनाउने र बहिष्कार गर्नेहरु



काठमाडौं, २ असोज । भोलि संविधान दिवस । सरकारले संविधान दिवस भव्यताका साथ मनाउने भन्दै आजबाट नै कार्यक्रम शुरु गरिसकेको छ ।

तीन दिनसम्म संविधान दिवस मनाउने घोषणा गरेकोमा सत्तारुढ दल र प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसबाहेकका दलहरुमा संविधानप्रति तिव्र असन्तुष्टि छ । मधेश केन्द्रित दलहरुले संविधान दिवस बहिष्कार घोषणा गरिसकेका छन् । यतिसम्मकी सरकारमा रहेको समाजवादी पार्टी नेपाल समेत संविधान दिवसको विरोधी कित्तामा उभिएको छ ।

समाजवादी पार्टी नेपालबाट अध्यक्ष उपेन्द्र यादव उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री छन् । उनी संविधान दिवस मनाउनुपर्ला भनेर अमेरिका उडेका छन् । असन्तुष्टि राख्ने र सरकारमा पनि बस्ने दोहोरो चरित्रका कारण यादव आलोचित छन् ।

राष्ट्रिय जनता पार्टी संविधान दिवसलाई कालो दिन भन्दै आएको छ । उसले संविधान दिवसमा विरोधका कार्यक्रम राखेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी पनि संविधान दिवस मनाउन गइरहेको छैन । उसले संविधानमा धर्मनीरपेक्ष र गणतन्त्र हटाउन माग गर्दै आएको छ । यी दुई मुद्या लिएर उसले राजनीतिक गतिविधि गरिरहेको छ ।
२०७२ सालमा संविधान जारी हुँदा संविधानमा हस्ताक्षर नगर्नेमा मधेश केन्द्रित दलहरु मात्र थिए । उनीहरुले विरोध गरेपनि यही संविधानमा टेकेर भएको निर्वाचनमा सहभागी भएका थिए । संविधानमा संशोधन गरेर बढ्ने ठाउँ भएकाले यसैलाई परिवर्तन गरेर जानुपर्ने तर्क रहँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot