Logo

‘छिछोरे’ को कमाई कति



बलिउड अभिनेता सुशान्त सिंह राजपूत र अभिनेत्री श्रद्धा कपूर अभिनीत फिल्म ‘छिछोरे’ ले १२ दिनमा सय करोड कमाई गरेको छ । ट्रेड एनालिस्ट तरण आदर्शले ट्वीटरमा ‘छिछोरे’ को १२ दिनको कमाई ट्वीट गरेका हुन् ।

आदर्शको अनुसार फिल्म ‘छिछोरे’ ले १२ दिनमा एक सय दुई करोड १९ लाखको व्यापार गरेको छ । उनले फिल्मको ‘वर्ड अफ माउथ’ बलियो भएका कारण २ अक्टोबरसम्म बक्सअफिसमा रहिरहने दाबी गरेका छन् । यो फिल्म ६ सेप्टेम्बरमा रिलिज भएको हो ।

नितेश तिवारी निर्देशित फिल्ममा सुशान्त र श्रद्धाका अलावा वरुण ग्रोवर, प्रतीक बब्बर, ताहिर राज भसीन, नवीन पोलीशेट्टी, नलनीश नीललगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्म “छिछोरे” भन्दाअघि तिवारीले फिल्म “दंगल” पनि निर्देशन गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्