Logo

प्रचण्ड प्रधानमन्त्री बन्ने, पुर्वराजामाथि यस्तो ब्रजपात ! (भिडियोसहित)



काठमाडौं, २ असोज । सत्तारुढ दल नेकपाका स्थायी समिति सदस्य तथा सांसद देवेन्द्र पौडेल र राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य तथा सांसद महेन्द्र राय यादवबीच संविधानलाई लिएर आरोप-प्रत्यारोप भएको छ । नेकपाका नेता पौडेलले आफूहरु संविधान कार्यान्वयनमा नचुकेको दाबी गरे ।

https://youtu.be/A7tkAtMpBaU

बुधबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आवश्यक पर्यो भने संविधान संशोधन गर्न सकिने विश्वास दिलाए । तर, यसको लागि आवश्यकत्ता र औचित्य पुष्टि हुनुपर्ने उनको भनाई छ।

संविधानका मूलभुत पाँच खम्बामाथि अहिले चौतर्फी आलोचना भैरहेको कुरा भने उनले स्वीकारे । तर, समाजमा कुनै भूमिका नभएकाहरुले गरेको आलोचनाको कुनै तुक नहुने उनको तर्क छ ।



प्रतिक्रिया दिनुहोस्