Logo

प्रधानमन्त्रीद्धारा बालुवाटारभित्र बन्ने नयाँ भवनको शिलान्यास, लागत ४० करोड (फोटोफिचर)



काठमाडौं, २ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारभित्र नयाँ बन्ने भवनको शिलान्यास गरेका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारभित्र नयाँ बेग्लाबेग्लै दुइटा भवन निर्माण गर्न लागिएको हो।

बिहीबार बिहान प्रधानमन्त्री ओलीले धार्मिक विधिपूर्वक पूजा गरी भवन शिलान्यास गरेका हुन् । दुई भवनमध्ये एक प्रधानमन्त्री निवासका लागि प्रयोग हुनेछ भने अर्कोमा बैठक कक्षसहितको भवन बन्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ।

करिब ४० करोड रुपैयाँको लागतमा भवन बनाउन लागिएको हो। शिलान्यास गरेपछि प्रधानमन्त्री ओलीले ट्वीट गरेका छन् । उनले लेखेका छन्,‘आगामी आवश्यकतालाई ध्यानमा राखेर आधुनिक प्रविधि सम्पन्न प्रधानमन्त्री निवास निर्माण गर्दै छौं, नयाँ भवन शिलान्यास गर्न पाउँदा खुसी लागेको छ।’

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्