Logo

सौगात र अर्पणको नौलो लुक्स



मल्टीस्टारर चलचित्र “लप्पन छप्पन २” को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । नौलो लुक्समा देख्न सकिने अभिनेता सौगात मल्ल र अर्पण थापालाई मात्र पोस्टरमा स्थान दिइएको छ । अभिनेता अर्पणको हेयर स्टाइलले धेरैको ध्यान खिच्न सक्छ । यो चलचित्र यस वर्षको महाशिवरात्रीको अवसरमा प्रदर्शनमा आउन लागेको छ ।

पोस्टरमा देखाइएको दुई फरक लुक्सले दर्शकहरुमा चलचित्रप्रति कौतुहलता र उत्साह सिर्जना गरेको छ । चलचित्र “लप्पन छप्पन” को प्रमुख भूमिकामा पनि अभिनेता सौगात र अर्पणको अभिनय रहेको थियो । यस चलचित्रमा सौगात र अर्पण नेगेटिभ रोलमा प्रस्तुत हुनेछन् । पोस्टरको पृष्ठभूमिको तलपट्टी चलचित्रका केही कलाकारहरु फ्रान्सको राजधानी पेरिसस्थित आइफिल टावरतर्फ हेर्दै गरेको देख्न सकिन्छ ।

मुकुन्द भट्ट निर्देशित चलचित्र “लप्पन छप्पन” २०१७ मा प्रदर्शनमा आएको थियो । यो चलचित्रले खासै बक्सअफसमा सफलता हासिल गर्न सकेको थिएन । यही चलचित्रको दोस्रो श्रृंखला हो, “लप्पन छप्पन २” । यो चलचित्र पनि मुकुन्द भट्टले नै निर्देशन गर्दैछन् ।

चलचित्रको टिम केही दिनमा बाँकी छायांकनको लागि अष्ट्रेलिया जाँदैछ । अभिनेता सौगात र अर्पणसँगै दयाहाङ राई, अनुपविक्रम शाही, नम्रता श्रेष्ठ, केरोलिन कोलिन्डा, सुरविना कार्की, सृजना सिना, देव कुमारलगायतका कलाकारहरुको पनि चलचित्रमा अभिनय रहेको छ । पुरुषोत्तम प्रधान छायाँकार रहेको फिल्मलार्ई चिजकुमार श्रेष्ठ र प्रजापति सिवाकोटीले निर्माण गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्