Logo

गाँजा सहित पक्राउ



धनुषा, २ असोज । अवैध लागूऔषध गाँजा सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका १३ मुजेलिया बस्ने सन्तोष कुमार मण्डल रहेका छन् । उनलाई अवैध लागूऔषध गाँजा करिब १० ग्राम र नियन्त्रित लागूऔषध नाईट्रोभेट ५३ ट्याब्लेट सहित १ असोजको दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी वालुवाबाट खटिएको प्रहरीले जनकपुर उपमहानगरपालिका ७ वालुवाबाट उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्