Logo

प्रधानमन्त्रीको संसदमा हुने सम्बोधन स्थगित्



काठमाडौं, २ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार प्रतिनिधिसभामा गर्ने भनेको संबोधन अन्तिम समयमा स्थगित भएको छ । आज (बिहीबार) प्रधानमन्त्री ओलीले संबोधन गर्ने कार्यक्रम नरहेको नेकपाले जनाएको छ ।

प्रतिनिधिसभाको चालु अधिवेशनको अन्तिम दिन बिहीबार संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुले संबोधन गर्दैछन् ।तर नेकपाको तर्फबाट भने संसदीय दलका उपनेता नेम्वाङले नै संबोधन गर्नेछन् । प्रधानमन्त्री ओलीको व्यस्तताका कारण आज बस्ने भनिएको नेकपाको सचिवालय बैठकसमेत स्थगित् भएको छ ।



प्रतिक्रिया दिनुहोस्