Logo

देउवाको प्रश्नको नेम्वाङले जवाफ दिन चाहेनन् (भिडियोसहित)



काठमाडौं, २ असोज । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपनेता सुवासचन्द्र नेम्वाङले संविधानअनुसार नै सरकार अघि बढ्न चाहेको बताएका छन्। कानुनी राज्यको अवधारणाअनुसार समाजवाद उन्मुख र समृद्ध राष्ट्र बनाउन सरकारले काम गरिरहेको पनि उनले बताए।

बिहीबार प्रतिनिधिसभा संसदमा बोल्दै नेम्वाङले भने,‘हामीले संविधानमै प्रेस स्वतन्त्रता लेखेका छौं। हामी कानुनी राज्यको अवधारणालाई समेट्दै समाजवाद उन्मुख र समृद्ध राष्ट्र बनाउने दिशामै छौं।’ उनले भने,‘संविधान कार्यान्वयनको प्रतिबद्धता दोहोर्‍याए। म यहाँ धेरै चर्चा गर्न चाहन्नँ। प्रतिपक्षलाई सम्मान गर्नुपर्छ, सिंहदरबारकै गेटमा हामी कुटिएका थियौं। त्यस्तो काम हाम्रो पालामा हुन दिन्नौं।’

उनले सदन अवरूद्ध नहुने चाहना सबैको भए पनि यो अधिवेशन पनि अवरूद्ध भएको बताए। संसद सधैं चलोस् भन्ने चाहना हुँदाहुँदै कहिलेकाहीँ अवरूद्ध भए पनि छलफलबाटै समाधान गरिएको उनले बताएका थिए। उनले भने,‘संवाद र सहमतिबाट हामी टुंगोमा पुगेका छौं, संसद अवरोधतिर जान पर्ने दिन नआओस् भन्ने दिशातिर नै हामीले काम गरिराखेका छौं।’

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्