Logo

नासाको २०२४ चन्द्र अवतरणमा शंका



नासाको २०२४ चन्द्रमा यान अवतरण गर्ने योजनामा शंका उत्पन्न भएको छ । चन्द्रमामा यान अवतरण गराउँने उक्त योजनालाई नासाका प्रबन्धकहरुले आपत्ती जनाएका हुन् । नासाले २०२४ मा आफ्नो यान चन्द्रमामा अवतरणको तयारी गर्दै आएको छ ।

प्रबन्धकहरुले संयुक्त राज्य अमेरिकाले दिएको समयअवधिमा अवतरण गर्न निकै गाह्रो हुने दाबी गरेका छन् । अवतरणको लागि अत्याधिक मात्रमा आर्थिक र प्राविधिक सहयोगको आवश्यक पर्छ । यान तयार नभई समय निर्धारण गर्ने कार्य चुनौतीपूर्ण रहेकाले तयारी भएपछि समय निश्चित गर्ने प्रबन्धकहरुले जनाएका छन् ।

यो हुन लागेको चन्द्र अवतरण आर्टेमिस कार्यक्रम अन्तर्गत हुनेछ । तीन चरण रहेको उक्त कार्यक्रममा पहिलो चरण २०२० सम्ममा पुरा हुने अनुमान गरिएको छ । त्यो चरणको यानमा कुनै टोली नभएर ओरियन स्पेसक्राफ्टको प्रक्षेपणको परिकल्पना गर्ने र चंद्रमाको परिक्रमागरी पृथ्वी फिर्ता आउने जनाइएको छ । आर्टेमिसको दोस्रो चरणको समयमा मानवयुक्त अन्तरिक्ष यानले २०२२ मा पृथ्वीको प्राकृतिक उपग्रह घुमाउनेछ र २०२४ तेस्रो चरणको समयमा यान चन्द्रमामा अवतरण गर्ने अनुमान गरिएको छ । चन्द्रमा र मंगलग्रहको अन्वेषण कार्यक्रमको लागि १.६ अर्ब डलर आर्थिक सहयोगको निर्धारण गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्