Logo

७० वर्षीया वृद्धालाई लठ्याएर यसरी लुटियो गहना



ललितपुर, २ असोज । आमा तपाईंलाई घरसम्म पुर्याइदिन्छु, एक युवकले दया देखाएपछि ७० वर्ष कटेकी वृद्धा खुशी भइन् । उनको साथमा पछि पछि लागिन् । गफिदै जाँदा युवकले लालच देखाए ।

वृद्धालाई कुरै कुरामा मख्ख पारेर लगाएको गरगहना निकाल्न लगाए । वृद्धालाई लठ्ठ पारेका थिए युवकले । गहना निकालेर दिएको चालै पाइनन् वृद्धाले । युवकले गहना लिएर फरार भए ।

वृद्धा गहना लुटिइसकेको चाल पाउँदा बेहोस भइन् । यो घटना ललितपुरको टीकाथलीको हो । यसै हप्ता भएको घटनापछि प्रहरीले युवकको खोजी गर्यो । युवक पक्राउ परिसकेका छन् । उनीमाथि अनुसन्धान भइरहेको छ ।

दशैंको मौका पारेर ठग, लुटेरा र चोरहरु यसरी सक्रिय भइरहेका छन् । प्रहरीले सबैलाई होशियार बन्न भनेको छ ।



प्रतिक्रिया दिनुहोस्