Logo

दशैंका लागि प्रहरीको विशेष सुरक्षा योजना



काठमाडौं, २ असोज । नेपाल प्रहरीले दशैंलाई दृष्टिगत गरी विशेष सुरक्षा योजना सार्वजनिक गर्दैछ । प्रहरीले ४ असोजमा योजना सार्वजनिक गर्ने जनाएको छ ।

काठमाडौं उपत्यकामा प्रहरीको विशेष सुरक्षा योजना बनेको छ । योजना समुदाय प्रहरी साझेदारको आधारमा बनेको छ । दशैंमा चोरी र डकैतीका घटना बढी हुने भएकाले गस्ती समेत बढाउने प्रहरीको योजना रहेको छ ।

विगत वर्षहरुमा दशैं मान्न घर जानेहरु चोरीको समस्यामा पर्ने गर्दै आएका थिए । यसलाई मध्यनजर गरी प्रहरीले विशेष निगरानी बढाएको छ । चोरीको घटनामा विगत देखि सक्रियहरुमाथि प्रहरीको निगरानी बढेको छ ।

महानगरी प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले गस्ती र निगरानी बढाइसकिएको बताए । सर्वसाधारणलाई चोरी र लुटपाटबाट पीडित हुन नदिन कुनै कसर बाँकी नराख्ने उनको भनाई छ ।

ललितपुरको सम्पूर्ण क्षेत्रमा गस्ती र सादा पोशाकमा प्रहरी परिचालन गरेर कुनै किसिमको अपराध हुन नदिने बताए । यसका लागि मातहतका प्रहरीलाई निर्देशन दिइसकिएको छ ।



प्रतिक्रिया दिनुहोस्