Logo

सम्भोग गर्दा गर्दै कर्मचारीको मृत्यु



सम्भोगका क्रममा एक कर्मचारीको निधन भएको छ । फ्रान्सको पेरिसमा पेशागत कामले यात्रामा रहेका ती व्यक्ति एक महिला सित उनकै घरमा गएर सम्भोग गरिरहँदा ज्यान गुमाउन पुगेका हुन् ।

ती व्यक्तिको मृत्यु हृदयघातले भएको अनुसन्धानबाट पत्ता लागेको छ । उनी कर्मचारी हुन र उनको नाम जेभियर हो ।

उनले प्राविधिक कामको लागि मध्य फ्रान्सको लोइरेट क्षेत्रको भ्रमण गरेका थिए । एक रात काम पछि उनले होटलको कोठामा फर्किनु अघि एउटी महिलासँग सम्भोगका लागि पुगेका थिए ।

अदालतले उनको मृत्यु एक “औद्योगिक दुर्घटना“ को रुपमा वर्णन गरेको थियो र उनको परिवारलाई क्षतिपूर्ति पाउनु पर्ने समेत निर्णय गरेको थियो । स्वास्थ्य बीमा प्रदायकले अनुसार मृत्यु कार्य सम्बन्धित दुर्घटनाबाट भएको हो । यसमा, सम्भोग “स्नान वा खाना लिनु“ जत्तिकै सामान्य छ भनेर ठहर गरका थिए । अदालतका अनुसार कर्मचारीको सुरक्षा उसको यात्रा अबधि भर हुनुपर्नेमा जोड दिएका छन् ।-एजेन्सी



प्रतिक्रिया दिनुहोस्