Logo

पक्राउ परेका जोइपोइले पुलिस कारमा सम्पर्क राखेपछि…



फ्लोरिडा स्थित एक दम्पतिले प्रहरीको कारमै सम्पर्क राखे । दम्पतिहरु मापसेमा परेको र उनीहरुको मुखमा केही मात्रामा रगत देखा परेको हुँदा दम्पतिलाई फ्लोरिडा पोलिसले गिरफ्तार गरेको थियो । सोही क्रममा दम्पतिलाई पछाडीको सिटमा राखिएको थियो । दम्पतिहरु कारमै उत्तेज्जित भएर सम्पर्क गर्न थालेपछि प्रहरीले कार रोक्यो । कारको पछाडि हल्लिएपछि रोकेर हेर्दाको दृश्य देखेर प्रहरी आश्चर्यमा पर्यो ।

सिटमा बस्दै दम्पतिहरु यौन सम्बन्ध रराखेका थिए । दम्पतिहरुको नाम आरोन थोमस र मेगन मंदोरानो रहेको छ । केही बेर पछि पुलिसले ढोका खोल्दा थोमस नग्न र मेगन अर्ध नग्न अवस्था देखा परेका थिए ।

मापसे टेस्ट गर्न नमानेको भएर दम्पतीलाई प्रहरीले गिरफ्तार गरेको थियो । नग्न अवस्थामा प्रहरीले निकाल्दा आरोपीले पोलिसलाई आक्रमण गरेर भाग्न सफल भएको थियो । यस क्रममा मेगनले पनि आर्को प्रहरीलाई हानेर भाग्न खोज्द्दा उनलाई समातेको थियो ।

पोलिस लाई कुट पिट र आफ्नो अंग देखाउने अभियोगमा हिरासतमा लिइएको थियो । दुवैलाई १२५०० डलरको जरिवाना गरिएको छ भने करिब ६० दिन जेलमा राख्ने आदेश दिइएको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्