Logo

पूर्व माओवादी लडाकु बने सेनाका सहायकरथी



पूर्व माओवादी लडाकु यमबहादुर अधिकारी नेपाली सेनाका सहायकरथीमा बढुवा गरिएकाछन् । सरकारले विशेष पद सृजना गरेर अधिकारीलाई सहायकरथीमा बढुवा गरेको हो ।

सेनामा सहायकरथीको पद खाली नभएको अवस्थामा उनका लागि विशेष पद सृजना गरिएको हो । बढुवा नभएको भए उनी सेवानिवृत्त हुनेथिए । अब उनी चार वर्षका लागि एक तारे जर्नेलमा बढुवा भएका छन् । त्यस अवधिमा उनी फेरि बढुवा हुनसक्ने सम्भावना छ ।

सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले अधिकारीको बढुवा गरिएको जानकारी दिए । सेना समायोजनका क्रममा अधिकारी नेपाली सेनाका कर्णेल बनाइएका थिए । उनी त्यतिबेला इलामको चुलाचुलीस्थित शिविरमा कमान्डर थिए । समायोजनका क्रममा उनी उपसेनानी बनाइएका थिए । सेनामा बढुवा हुँदै महासेनानी बनेका उनले माओवादीबाट सेनामा समायोजन पाएकामध्येमा हालसम्मकै उच्च पद पाउन सफल भएका छन् । File Photo



प्रतिक्रिया दिनुहोस्