Logo

त्यसपछि काँग्रेसले हिन्दु राष्ट्रको एजेन्डा बोक्नुपर्ने हुन्छ- डा. नारायण खड्का



नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. नारायण खड्का बौद्धिक नेता हुन् । सालिन र शिष्ट तरिकाले आफ्नो विचार राख्ने खड्काले काँग्रेसको भावी एजेन्डाबारे सनसनीपूर्ण खुलासा गरेका छन् । उनीसँग ऋषि धमलाले नेपाली रेडियो नेटवर्कको नेपाली बहसका लागि गरेको कुराकानीः

अहिले देश कता जाँदैछ ?
यति बेला हाम्रो देश भ्रष्टाचार, अराजकता, विकृति र विसंगतितिर फस्दै गएको छ । यस्तै हिसावले अगाडि बढिरहने हो भने भोलि असफल राष्ट्र बन्ने खतरा देखिन्छ ।
सबै दल मिलेर परिवर्तन ल्याउनुभयो यसलाई संस्थागत गर्न कोही इमान्दार दिएनन् नि ?
अहिलेको सरकार दुईतिहाईको दम्भमा आफ्नै दलभित्रका फरक मत राख्ने नेतासँग पनि टसमस नगर्ने अवस्था छ । प्रधानमन्त्री आपैm मभन्दा शक्तिशाली र जान्ने होइन छैन भन्नुहुन्छ । उहाँ विपक्षी दलका कुरै नसुन्ने आफ्नै मुढेबलमा नियम, कानुन मिचिरहनुभएको छ । यसले गर्दा जनतामा असन्तुष्टि बढ्दै गयो । यस्तो अवस्था देखेपछि प्रधानमन्त्रीले हाम्रा सभापति शेरबहादुर देउवालगायत अन्य पार्टीका नेताहरुसँग लौ अब त व्यवस्थामाथि खतरा उत्पन्न हुनलाग्यो भन्नुभयो । मानवअधिकार विषय, मिडिया विधेयक, गुठीका विषय, भ्रष्टाचार कुरा जुन बाहिर आइरहेका छन् तिनका बारेमा, राष्ट्रिय सुरक्षा ऐनका बारेमा बसेर सल्लाह गरौं भन्दा उहाँहरुले चासो देखाउनुभएन । संसदमा पनि एकदमै कमजोर जस्तो ठानेर व्यवहारहरु देखाउने जस्ता क्रियाकलापहरु भइरहे । प्रतिपक्ष कराउँदै गर्छ हामी आफ्नो ढंगले अगाडि बढिरहनुपर्छ भन्ने जस्तो अभिव्यक्तिहरु आइरन्थे । जब प्राप्त उपलब्धी माथि नै खतरा बढ्न थालेपछि उहाँ संवाद छलफलमा जुट्नु भएको छ ।
अहिले सरकारलाई निकास चाहिएको हो ?
उहाँहरुलाई निकास चाहिएको होला । तर, यस्तो क्रियाकलापले निकास आउँदैन । अहिले पनि नेकपाका कार्यकर्ताले नेपाली कांग्रेस बाँके सभापति किरण कोइरालामाथि हातपात गरेर हातै भाँचिएको छ । अन्य नेता तथा कार्यकर्ताहरु ती गुण्डागर्दीको सिकार भएर घाइते भएका छन् । त्यसमा हामीले गृहमन्त्रीसँग जवाफ माग्यौं त्यो चित्त बुझ्दो भएन । हामीले संसद अबरोध ग¥यौं । केही समयअघि घटनामा संलग्नविरुद्ध किटानी जाहेरी भएको सूचना आएपछि हामीले संसदमा कुरा राख्ने र त्यसलाई सभामुखले रुलिङ गर्ने सहमति भएको थियो । पहिला हामीले कुरा राख्ने अनि सभामुखले रुलिङ गर्ने र सुन्ने समयमा साथीहरुले बोल्ने भन्ने सहमति भएको थियो । बीचमा हाम्रो साथी बोलिसकेपछि सभामुखले रुलिङ गर्ने जुन सहमति भएको थियो । त्यो नगरेर नेकपा एकजना माननीयजीलाई बोल्न दिनुभयो । उहाँले धुवाँधार रुपमा गाली गर्न थाल्नुभयो । कहाँ हात भाँचिएकै छैन । कुटाकुट भएकै होइन । उहाँको हात पहिल्यै भाँचिएको थियो भन्ने जस्ता गलत कुरा उहाँलाई बोल्न दिइरहियो । यसमा सभामुख कि ढंग नपुगेको हो, कि उहाँ आफ्नो दलप्रति पूर्वाग्रही हुनुभएको हो ।
त्यसो भए प्रतिनिधिसभाको भूमिका टस्थ भएको छैन ?
यसमा सरकार पक्ष नै सहमति उल्लंघन चाहिरहेको छ । जुन खालको सहमति समझदारीमा अस्तिको सदन चल्ने भनिएको थियो । उहाँहरुले नै उल्लंघन गरिदिनुभयो । यस्ता खालका केसहरु बारम्बार आइरहेका छन् । त्यसैले यसमा उहाँको तटस्थतामाथि पनि प्रश्न उठिरहेका छन् । सभामुख भनेको कुनै दलविशेषबाट जितेर प्रतिनिधित्व गरे पनि हाउसमा तटस्थता देखाउँनुपर्छ । युद्धको बेलामा माओवादी नेता हुनुहुन्थ्यो अहिले हुनुहुन्न । त्यसले अहिकति निश्पक्षता देखाउनुपर्छ ।
हिजो एउटै जगमा उभिएर परिवर्तन ल्याएका दलहरुबीच सहकार्य किन हुन सकेन ?
नेकपाको सरकार मुलुकमा रहिरहँदा फेरि आउला नआउला ठूलो कुरा होइन । तर, त्यसले मुलुकको राष्ट्रिय अखण्डता र राष्ट्रियता माथि नै द्वन्द्व उत्पन्न हुने खतरा बढेर गएको छ । आन्दोलन गर्न, क्रान्ति गर्न, परिवर्तन ल्याउन दलहरु सबै सक्षम रहेछौं । प्राप्त उपलब्धीलाई संस्थागत गर्ने ढंग हाम्रो रहेनछ भन्ने लाग्छ । यसभन्दा अगाडिका अनुभवलाई पनि हामीले स्मरण गर्न सकेनौ. । खाली खोक्रो ढंोगमा मै मात्रै जान्ने भन्ने मनाविज्ञान बोकेर हिडिरहेका छौं । यस्ता क्रियाकलापले पार्टी, व्यवस्था र सरकार असफल हुने गर्दछ । अहिले नै त्यस्ता खतरा बढिसकेको छैन कि जहाँ व्यवस्थापन नै गर्न सकिँदैन । प्रधानमन्त्रीले चुनौतिको सामना गर्ने सुरुवात गर्नुभएको छ । सबैसँग मिलेर जाने । प्रतिपक्षको भूमिका त भइहाल्छ तथापि राष्ट्रिय हितका विषयमा हामी सहमत नहुने कुरै छैन । अहिलेको एजेन्डालाई संस्थागत गर्ने हो भने उहाँहरुले भन्नुपर्छ, ‘हामी सबै मिलेर जाओ जो परिवर्तको पक्षधर छौं ।’ उहाँहरुले वार्ता, संवादलाइृ निरन्तरता दिनु भयो भने अहिले पनि सम्भव छ ।
कांग्रेसले गणतन्त्रको एजेन्डा छोडेको हो ?
कांग्रेसले नीतिगत कुरामा त््रयो छोडेको छैन । लोकतान्त्रिक पार्टीमा एउटै कुरा सबैले मान्नुपर्छ भन्ने छैन । आपूmलाई लागेका विचारहरु राख्न पाइन्छ ।
कांग्रेस सर्वसम्मत रुपमै गणतन्त्रमा गएको हो नि ?
सर्वसम्मत हो तर जब गणतन्त्रबाट जनताले आश गरेका कुराहरु आउँदैनन् त्यसपछि आशंका उत्पन्न हुन्छ । नकारात्मक आशंकाहरु उत्पन्न भएपछि आफ्ना विचारहरु साथीहरुले राख्न थाल्छन् । जनताले पनि आशंका गर्न थाल्छन् । त्यसकारण यो त डेलीभरी गर्न नसकेर हो । खाली खोक्रा भाषणमात्र हुन्छन् । हाम्रा प्रधानमन्त्रीले भाषण गरेर जनतामा यति ठूलो महत्वकांक्षा जगाइदिनुहुन्छ कि त्यो डेलीभरी नै गर्न सकिँदैन । नसकेपछि असन्तुष्टिहरु बढ्छन् । भ्रष्टाचारले मुलुक चुर्लु्रम्म डुबेको छ । दैनिक पत्रपत्रिमा हेरियो भने कुनै दिन छैन भ्रष्टाचार नभएको समाचार आएको ।
हाम्रो देशमा ७६१ सरकार छन् ती सबै ठाउँमा भ्रष्टाचार भएको छ किन ?
हो, अझ तल्लो तहका सरकारमा त झन् खोजीनीति नै हुँदैन । प्रत्यक स्थानीय तहमा भ्रष्टाचार ब्याप्छ सरकारले त्यसको खोइ खोजी गरेको ? प्रदेशमा त्यस्तै छ, के्रन्द्रमा त्यस्तै कर्मचारीहरु तन्त्रमा त्यस्तै छ । त्यसैले अहिलेको सरकार भ्रष्टाचारको दलदलमा फसेको छ ।
जनप्रतिनिधिहरु सविधाभोगी भएका छन् आफ्ना नातागोतालाई जागिर खाने भर्तिकेन्द्र भएका छन् स्थानीय तह किन ?
त्यो सानातिना जागिर खुवाउने कुरा हुँदैगर्छन् । तर मूल कुरा के छ भने माथि केन्द्रमा प्रधानमन्त्रीले भन्नुहुन्छ कि ‘सून्य सहनशीलता, म खान्न पनि अरुलाई पनि खान दिन्न’ उहाँले किन खानुप¥यो ? अस्ति सिंगापुरमा उपचार गराउनुभयो त्यसमा करोडौं खर्च भयो होला । न त्यसको कुनै हिसाब किताब छ, न पादर्शीता छ । न त्यसको सदनमा यो पैसा यहाँबाट आयो भन्ने लेखाजोखाको जानकारी छ । त्यसकारण प्रधानमन्त्रीलाई कतैबाट घूस खाइरहनुपदैृन । उहाँलाई चाहिएको पैसा जताबाट पनि लिन सकिहाल्नुहुन्छ । उहाँका अन्यमन्त्री, यन्त्र, संयन्त्रहरु छन् ती सबै भ्रष्टाचारमा अछुतो छैनन् ।
उहाँबीचमै कारबाहीसम्मका आन्तरिक द्वन्द्व छन् नि ?
उहाँहरुका विचारमा आन्तरिक द्वन्द्व होलान् त्यसमा मलाई केही भन्नु छैन । तर, जुनतालाई सुशासन दिने, न्याय दिने, भ्रष्टाचारमुक्त कर्मचारी तन्त्र बनाउने त छँदैछन् । त्यति मात्रै होइन, प्रधानमन्त्री ओलीजीले चुनावताका ‘नेपाली जनताले भातै मात्र खान काम गर्नै पर्दैन म ओछ्यामै पठाइदिन्छु’ भन्नुभएको थियो । यस्ता खालका उरान्ठेउला, उत्ताउला कुरा गरेर भोट झारेर दुईतिहाई भन्ने अनि काम केही पार नलाउने भएपछि असन्तुष्टि भइहाल्छ नि । अहिले झन् ठूलो समस्या छ । कोसी पीडितहरुको समस्या ज्यूँकात्यूँ छ ।
कोशी पीडितहरु त अहिले पनि अलपत्र छन् नि ?
कोशी आसपासका हाजारौं जनताको खेत वाधले गर्दा खेरा गयो । त्यसको क्षतिपूर्ति जनताले पाउनुपर्ने मुद्दा छँदैछ । अहिल फेरि बाढीले गर्दा भएको अन्नपात पनि खेर गएर त्यहाँका जनताले खानपाएका छैनन् । त्यति बेला प्रधानमन्त्री ओलीजीको भाषण सम्झँदैनन् ? प्रधानमन्त्रीले यसो भनेका थिए । ‘भात मात्रै खाने हो भने म ओछ्यानमै पठाइदिन्छु भन्ने प्रधानमन्त्री खोई भनेर जनताले सोधिरहेका छन् । यस्ता खालका हल्का कुरा गरेर आएको भोट हो यो दुईतिहाईको । अनि फेरि घरघरमा ग्याँस पठाइदिन्छुु चुल्हो खोल्नुबित्तिकै आगो बलिहाल्छ । अनि पानी ट्याङ्की नराखी सिधै आउँछ जस्ता कुराहरु गर्ने अनि त्यसलाई डेलीभरी गर्न नसक्ने । अहिले माक्स लगाउनु भनेको हाम्रो विरोध हो भन्नुहुन्छ । हिलो र धुलो कति छ सडकमा यस्ता खालका जनताले नपत्याउने कुरा गर्नुहुन्छ । त्यसले जनतामा निराशा पैदाहुन्छ । अनि त्यो असन्तुष्टि थपिँदै गएर चितवनलगायतका ठाउ्रँ्रमा भीड जम्मा हुन्छ । त्यसपछि फेरि व्यवस्थाप्रति नै खतरा भयो भनेर कराउन थाल्नुहुन्छ । जनतालाई आशाबाट आकांक्षामा आकांक्षाबाट महात्व कांक्षा पु¥याए । अनि यस्ता खालका अनावश्यक भीड जम्मा हुन्छ । जब जनताले न्याय पाउँदैनन् अनि निकासको लागि अर्को ढोका खोज्न थाल्छन् ।
नेपाली कांग्रेस हिन्दू राष्ट्रमा जाँदैछ हो ?
कांग्रेस हिन्दूराष्ट्रमा जाने कुरा हाम्रा केही साथीहरुले उठाएको विषय हो । यसमा फेरि पनि के भन्छु भने जब व्यवस्थाको मूल भागमा चिरा ल्याउन थालेपछि त्यसले असर अरु भागमा पनि सर्छ । गणतन्त्रमै संकट आयो भन्ने, संविधान नै मान्दिँन भन्ने अनि सरकारमा त्यही संविधान नमान्नेहरु नै बस्ने । काहीं जारी संविधानलाई मान्दिँन भन्ने, संविधान दिवसलाई कालो दिवस भन्ने फेरि त्यही सरकारको उप–प्रधानमन्त्री बन्ने । त्यो बेलामा प्रधानमन्त्री ओलीजीले भन्न सक्नुपर्छ नि संविधान दिनवसमा मोदीजीलाई ल्याउने अर्काले ट्रम्पलाई ल्याउँछु भन्ने यस्ता खालका उत्ताउला अभिव्यक्ति दिएर संविधान दिवस मनाउँछु भन्ने । तराइमा जाँदा संविधान मान्दिँन भन्ने सरकारमा गएर मन्त्री बन्ने सेवा सुविधा त्यही सरकारको खाने यसले के देखाउँछ भने बोली र गराइ अन्तर भयो ।
संविधान दिवसमा भारतीय प्रधानमन्त्री मोदीलाई बोलाइएको छ नि ?
होला भारतीय प्रधानमन्त्री आउनुहुन्छ होला राम्रो । तर, आफ्नै क्याविनेटका उप–प्रधानमन्त्रीले तराइमा गएर म यो संविधान मान्दिँन भनिरहेको बेलामा अरु जो आएपनि के गर्नु । त्यस कारण बोली र गराइबाट छर्लङ्ग देखिन्छ । जनतालाई आशाबाट आकांक्षामा आकांक्षाबाट महात्वकांक्षामा पु¥याइदिनु प्रधानमन्त्रीले ठूला–ठूला कुरा गरेर अब डेलीभरी त गर्न सकिँदैन ।
यो संविधान कार्यान्वयनमा चुनौति छ हो ?
कार्यान्वयनमा चुनौति हुँदैगर्छ त्यो पनि ठूलो कुरा होइन । हामी सबै भएर मिलाउँदै जाने हो । तर सैद्धान्तिक रुपमा मूल भागमै च्यालेन्ज गरिसक्यो नि मधेसी र समाजवादी दल भन्नेले । त्यसले त्यसैलाई मानेर चुनाव लड्यो, त्यसैलाई मानेर उप–प्रधानमन्त्री बनिरहनुभएको कतिपय नेताहरु ।
उपेन्द्र यादव त अमेरिका जाँदै हुनुहुन्छ संविधान दिवसको अवसर पारेर ?
उहाँले तराईमा गएर एकथोक भन्दिनुभयो हिड्नुभयो पहिलादेखि भन्दै आउनुभएको छ । तर, यहाँ अर्को नेता बाबुराम जी को जी भन्ने आउनुभएको उहाँको पनि त्यस्तै खालका अभिव्यक्तिहरु छन् । यो भएन, ऊ भएन भनेर उहाँ आफ्नै यो संविधान मान्नै हुँदैन भन्दै हिड्नुहुन्छ । यस्ता खालका उत्ताउला भाषले मुलुक भाँडिन्छ ।
हाम्रो देशमा अब ११ प्रदेश बनाउने रे ?
यस्ता खालका सस्तो लोकप्रियताका कुरा बोल्दै हिड्ने काम गर्नुहुन्छ । देशको प्रधानमन्त्री, अर्थमन्त्री भइसकेको मान्छेले । एउटा कालखण्डै फुत्त आउने एउटा खालको जनतामाथ पु¥याउने र हुन सम्भावनानै भएका कुरा बोलेर सस्तो लोकप्रियता कमाउने संस्कृतिको विकास भएको छ नेपालको राजीतिमा यो खतरनाक कुरा हो । त्यसले मुलुकलाई सही ठाउँमा लाँदैन । खाली जनतालाई भाड्ने काम मात्र हुन्छ ।
कांग्रेसको बटम लाइन के हिन्दूराष्ट्र नै हो ?
संविधानमा जे उल्लेख भएको हाम्रो त्यही लाइन हो । यी भनेको हाम्रो देव, गीता, महाभारत, वाइबल, कुरान, बुद्धको धर्म नीति पनि होइनन् । तर हामीले हिजो संविधानमा जे कुराको शाखा जनतामा जगाएका छौं त्यो डेलीभर गर्न सकिएन भने त्यसमा च्यालेन्ज आउनसक्छन् । त्यस्ता च्यालेन्जहरु आए भने सामाना गर्नुपर्छ ।
चुनौति आउँदा कांग्रेसले समाना गर्छ ?
हामीले हिजो धर्मनिरपेक्षताको कुरा गर्दा पनि जनतासँग हिन्दूधर्म मान्ने कि नमान्ने भनेर सोधेका पनि छैनौं । त्यसको चुनावमा कसैको एजेन्डा पनि थिएन । त्यो हामीले सबै शीर्ष नेताहरुको सहमतिमा ल्याएको हो । जनताले मुलुकलाई धर्मनिरपेक्षता घोषणा गर भनेको थिएन ।
हिन्दूराष्ट्रको पक्षमा कांग्रेस जान तयार भएको हो ?
अहिल्यै तयार भइसकेको छैन । त्यसमा साथीहरुले बहस गर्दै हुनुहुन्छ । हाम्रो १४ औं महाधिवेशनमा यो बहसले जित्यो भने स्वभाविक रुपमा कांग्रेसले त्यो मुद्दा बोक्नुपर्ने हुन्छ । आखिरी हामी लोकतान्त्रिक दल हौं । बहुमतको सम्बोधन गर्नुपर्छ ।
सभामुखमा कृष्णबहादुर असफल हुनुहुन्छ हो ?
असफल उन्नमुख हुनुहुन्छ उहाँ । जुन तरिकाले उहाँले हाउस चलाइराख्नुभएको त्यसले समस्या आउँछ । अस्ति पनि उहाँकै कारणले सदन अबरुद्ध गर्ने सम्मको काम भयो ।
अहिले नेपाल–भारत सम्बन्ध कस्तो छ ?
नेपाल–भारतको सम्बन्ध अहिले तलतिर गएको अवस्था छ । यो हुनुमा नेकपाको सरकार जिम्मेवार छ । हिजो नेपाल–भारतको सम्बन्धमा जुन सन्तुलन थियो । जति व्यवहारिक सम्बन्धहरु थिए त्यसमा काशंका उत्पन्न हुने खालका कामहरु भइराखेका छन् । ओलीजीले पाइपलाइन उद्घाटन गर्ने बेला एकदम सौहार्यपूर्ण वातावरण देखाए पनि र मोदीजीले पनि जतिसुकै मेरा मित्र भने पनि नेपाल–भारत सम्बन्धमा समस्याहरु देखा परिरहेका छन् । हिजोदेखि चलिआएको जुन परम्परागतको सम्बन्ध थियो त््यसलाई यो सरकार अर्कैतिर मोडिरहेको छ । यो खालको आशंका भारतीय नेताहरुले गरेको जस्तो मलाई लाग्छ ।



प्रतिक्रिया दिनुहोस्