Logo

डेढ अर्बको हेलिकप्टर चढेर पहिलो उडानमा कहाँ जाँदैछन् प्रधनमन्त्री



काठमाडौं, असोज २ । भिभिआइपीका लागि १ अर्ब ७० करोड रुपैयाँमा किनेको हेलिकोप्टर काठमाडौं आईपुगेको छ । राष्ट्रपति र प्रधानमन्त्रीको विशेष यात्राको लागि प्रयोग हुने जनाइएको उक्त हेलिकप्टरको नाम अगस्टा रहेको छ ।

उक्त हेलिकोप्टर नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत दर्ता गरिनेछ । उक्त हेलिकोप्टर उडानका लागि पाइलट भने केही दिनमा नेपाल आईपुग्ने जनाइएको छ ।

१५ सीट क्षमताको उक्त हेलिकोप्टर इटालीकोमा बनेको हो । हेलिकप्टरलाई नेपाली सेनाल विमानस्थलमै राख्ने भएको छ । इटालीबाट हेलिकप्टरलाई सात देश पार गर्दे विहिवार मध्यान काठमाडौंमा अवतरण गरिएको हो ।



प्रतिक्रिया दिनुहोस्