Logo

अस्पतालमा तालिवानको ट्रक बम हमलामा डाक्टर र नर्सहरु मारिए



अफगानिस्तानमा तालिवानले बमले भरिएको ट्रक अस्पतालमा बाहिर लगेर पड्काइदिएका छन् । दक्षिणी अफगानिस्तानमा बिहिबार साँझ भएको घटनामा २० जनाको मृत्यु भएको छ ।

घटनामा अधिकांश डाक्टर र नर्सहरु मारिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । मिनी जबुलको कलाटस्थित अस्ताल बाहिर ट्रकमा ठूलो बम लिएर पड्काइएको थियो । तर, तालिवानले अस्पतालमा नभई त्यहाँ नजिकै रहेको गुप्तचरको कार्यालयलाई तारो बनाएको जनाएको छ ।

अफगानिस्तानमा बिहिबार विहानै भएको हमलामा १६ जना मारिएका थिए । पछिल्लो समय अफगानिस्तानमा तालिवानको आक्रमण बढेर गएको छ । दिनहुँजसो हुने बम हमलामा सर्वसाधारण मारिएका छन् ।-एजेन्सी Photo Source: scroll.in



प्रतिक्रिया दिनुहोस्