Logo

अमेरिका र साउदीले आक्रमण गरे सम्पूर्ण शक्ति लगाएर प्रत्याक्रमण गर्ने इरानको चेतावनी



इरानले अमेरिका र साउदी अरबलाई आक्रमण नगर्न चेतावनी दिएको छ । सीएनएनसँग अन्तवार्ता दिदै इरानी विदेशमन्त्री जवन जरिफले बाह्य आक्रमण भए इरानले प्रत्याक्रमण गर्ने चेतावनी दिए ।

अमेरिका र साउदी अरबले आक्रमण गरे इरानले के गर्छ भन्ने प्रश्नमा उनको भनाई उदृत गर्दै सीएनएनले लेखेको छ, ‘सबै शक्तिको प्रयोग हुन्छ ।’ इरान कुनै पनि किसिमको सैन्य द्वन्द्वमा संलग्न हुन नचाहेको उनको भनाई थियो । तर, कसैले आक्रमण गरे कडा रुपमा प्रस्तुत हुने बताए ।

इरानले आणविक हतियार विकास गरेको आशंका भइरहँदा इरानी विदेशमन्त्रीले सबै सामथ्र्य प्रयोग गरी युद्ध गर्ने चेतावनी दिएका हुन् । यति इरानसँग आणविक हतियार छ भने उसले त्यसको पनि प्रयोग गर्न सक्छ ।

इरानमाथि अमेरिका र साउदी अरबको सैन्य हमलाको सम्भावना औल्याइँदा इरानका विदेशमन्त्रीको पछिल्लो भनाई आएको हो । उनले आक्रमण भएमा ठूलो संख्यामा हताहती हुनसक्ने बताए ।

साउदी अरबको तेल प्रशोधन केन्द्रमा शनिबार भएको आक्रमणमा इरानमाथि औंला ठडिएको छ । साउदी अरबले इरानको संलग्नताको आरोप लगाएको छ । अमेरिकाले पनि इरानको संलग्नता रहेको आधार भेटेको दाबी गरेको छ । तर, इरानले घटनामा आफ्नो संलग्नता अस्वीकार गरेको छ ।

साउदी अरेबियाको आधा जति तेल उत्पादन कटौती हुने गरी भएको आक्रमणको जिम्मेवारी यमनका हुथी विद्रोहीले लिएका छन् । हुथीले ड्रोन हमला गरेको दाबी गरेका छन् ।-एजेन्सी Photo Source: Aljazeera



प्रतिक्रिया दिनुहोस्