Logo

विशेष पद सिर्जना गरेर पूर्वमाओवादी लडाकु कमान्डरलाई बनाइयो सेनाको ‘जर्नेल’



काठमाडौं ३ असोज । तत्कालीन माओवादी लडाकूका डिभिजन कमान्डर यमबहादुर अधिकारी नेपाली सेनाको सहायक रथीमा बढुवा भएका छन् । सरकारले विशेष पद सिर्जना गरेर अधिकारीलाई चार वर्षका लागि सहायक रथीमा बढुवा गरेको हो ।

बिहीबार सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले नियमित पत्रकार सम्मेलनमा बोल्दै महासेनानी अधिकारीलाई सहायक रथीमा बढुवा गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।

पूर्वमाओवादी लडाकु कमान्डर बने नेपाली सेनाको 'जर्नेल'माओवादी शान्ति प्रक्रियाामा आएपछि अधिकारी इलामको चुलाचुली शिविरका कमान्डर थिए । सेना समायोजनमा उनलाई उपसेनानीको दर्जा दिइएको थियो । उपसेनानीबाट, सेनानी, सहायक सेनानी, महासेनानी हुँदै उनी सहायक रथी बनेका हुन् । माओवादीबाट समायोजन भएका पूर्वलडाकुले पाएको यो नै सर्वोच्च पद हो ।



प्रतिक्रिया दिनुहोस्