Logo

साउदी अरबलाई हतियार बेच्न अमेरिका र रुसको प्रतिष्पर्धा



गएको शनिबार साउदी अरबको तेल प्रशोधन केन्द्रमा भएको हमलाले विश्वमै हलचल ल्यायो । विश्व बजारमा तेलको मूल्य वृद्धि भयो । त्यससँगै साउदी अरबको सुरक्षा क्षमतामाथि समेत शंका उत्पन्न भयो ।

साउदी अरबले सुरक्षामा वार्षिक अरबौं डलर खर्च गर्नाका बाबजुद हमला गर्न आएको ड्रोनबारे जानकारी पाउन सकेन । उसको प्रतिरक्षा कमजोर देखियो । आधुनिक ड्रोन र मिसाइलहरुको चाल पाउन नसक्ने प्रतिरक्षा प्रणाली रहेको पुष्टि भयो ।

लगत्तै रुसी समाचार संस्था तासले साउदीसँग भएको प्रतिरक्षासम्बन्धि अमेरिकी हतियार प्रभावकारी नभएको टिप्पणीहरु गर्यो । अमेरिकासँग सबैभन्दा बढी हतियार खरिद गरेको साउदीले आधुनिक हतियार खरिद गर्नुपर्नेमा अमेरिकी समाचार संस्थाहरुबाट समाचार आए । सीएनएनले साउदी अरबले प्रतिरक्षामा अबौं खर्च गरेपनि क्रुज क्षेप्यास्त्र र ड्रोन छिर्न सक्ने देखिएको उल्लेख गरेको छ । साथै ड्रोन संसारभरका सरकारका लागि खतरा भएको उल्लेख गरेको छ ।

हमलापछि रुसले साउदी अरबलाई हतियार विक्री गर्न सकिने निर्णय गरिसकेको छ । अब साउदी अरेबियाले रुससँग थप हतियार खरिद गर्ने सम्भावना देखिएको छ । बुधबार अमेरिकी विदेशमन्त्री माइक पम्पिओ राजकुमार मोहम्मद विन सलमानलाई भेट्न रियाद पुगे । यो भेट साउदीप्रति अमेरिकी सद्भावका लागि मात्र सिमित थिएन । अमेरिका र रुसबीच साउदीलाई हतियार विक्रीको प्रतिष्पर्धा चलेको छ । साउदीले हमला भोगेलगत्तै प्रतिरक्षा प्रणाली विकास गर्ने निश्चितप्रायः छ । उसले सैन्य क्षमता समेत विकास गर्न सक्छ । यसमा हतियार उत्पादन गर्ने देशहरुबीच आफ्नो हतियार विक्री गराउने प्रतिष्पर्धा चल्न सक्छ । -एजेन्सीहरुको सहयोगबाट Photo Source: youtube



प्रतिक्रिया दिनुहोस्