Logo

कमलबजार नगरपालिकामा बम बिष्फोट



अछाम, असोेज ३ । अछामको कमलबजार नगरपालिकामा बम बिष्फोट गराएको छ । बिहीबार राति नगरपालिका कार्यालयमा विप्लव समूहले प्रेसरकुकुर बम बिष्फोट गराएको अछाम प्रहरीले जनाएको छ ।

रातो र कालो तार जोडेर करिब १०० मिटर टाढाबाट बम बिष्फोट गराइएको प्रहरीले जनाएको छ । बिष्फोट गराउने समूहको खोजीकार्यका लागि प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ । नगरपालिका कार्यालयको ढोकामा बम राखेर तार बिच्छ्याई अलि टाढाबाट बिष्फोट गराएको र ढोका नजिक खाल्डो परेको प्रहरीको भनाई छ ।

बम कसले बिष्फोट गरायको हो भन्ने कुनै सङ्केत नछोडेको र जिम्मेवारी पनि अहिलेसम्म कसैले नलिएको बताएको छ । बिस्फोट बारे छानबिनका लागि सम्बन्धित निकायको समन्वयमा प्रक्रिया अघि बढाईने बिष्टले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्