Logo

नेपालले आज बलियो ताजिकिस्तानसंग खेल्दै



काठमाडौं, असोज ३ । जोर्डनमा जारी एएफसी यू–१६ च्याम्पियनसिप छनोटको तेस्रो खेलमा नेपालले आज ताजिकिस्तानसँग खेल्दैछ ।

नेपाली समय अनुसार राति १०ः ४५ मा सुरु हुने उक्त खेल अधिका दुई खेलमा नेपालले १ अंक जोडिसकेको छ ।अम्मानको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रंगशालामा हुन गैरहेको हो ।

२ खेलमा ६ अंक जोडेको ताजिकिस्तान शीर्ष स्थानमा छ । २ खेलमा १ अंक जोडेको नेपाल चौंथो स्थानमा छ । यसअघि पहिलो खेलमा नेपाल जोर्डनसँग ७र० ले पराजित भएको थियो । दोस्रो खेलमा कुवेतसँग १र१ गोलको बराबरी खेलेको थियो ।

प्रतियोगिताको शीर्ष टोलीले सन् २०२० मा आयोजना हुने च्याम्पियनसिपको दोस्रो चरणमा स्थान बनाउने छन् ।छनोट समूह ए मा रहेको नेपालले अन्तिम खेलमा आइतबार श्रीलंकासँग खेल्नेछ ।



प्रतिक्रिया दिनुहोस्