Logo

कर्मचारीलाई गृहको कडा निर्देशन, आजको कार्यक्रममा छुट्टै हाजिर हुने



काठमाडौं, असोज ३ । सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवसको अवशरमा शुक्रबार आयोजना गरिने सबै औपचारिक एवं अनौपचारिक कार्यक्रममा सरकारी कर्मचारीको उपस्थिती अनिवार्य गरेको छ ।

गृह मन्त्रालयले देशभरका सरकारी निकायलाई पत्राचार गर्दै संविधान दिवसका एवं राष्ट्रिय दिवसका अवसरमा आयोजना हुने अनौपचारिक तथा औपचारिक कार्यक्रममा सरकारी कर्मचारीलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको हो ।

योसँगै कर्मचारीले नियमित हाजिरका अतिरिक्त कार्यक्रममा उपस्थित भएपछि अनिवार्य रुपमा छुट्टाछुट्टै हाजिर गर्न समेत मन्त्रालयले निर्देशन दिएको छ ।

गृहको निर्देशनपछि सबै मन्त्रालयले माताहतका कार्यालयहरुलाई पत्र लेख्दै संविधान दिवस मनाउन निर्देशन दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्