Logo

बेइजिङमा पनि संविधान दिवस



काठमाडौं, असोज ४ । संविधान दिवसका अवसरमा चीनको राजधानी बेइजिङमा बिहीबार स्वागत समारोहको आयोजना गरियो ।

त्यस अवसरमा चिनियाँ विदेश मन्त्रालयका सचिव लाउ झाउचुई, उक्त मन्त्रालयका वरिष्ठ अधिकारी विद्वत् वर्ग, नेपालका मित्र र कामको सिलसिलामा चीनमा बसोवास गर्दै आएका नेपालीहरुको उपस्थिति रहेको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ ।

अतिथिहरुको स्वागत गर्दै चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले सम्मेलन जारी भएसँगै नेपाल आर्थिक र सामाजिक विकासको मार्गमा अग्रसर भएको बताउनुभयो ।

समारोहमा नेपाली संस्कृति र परम्परा झल्कने विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्