Logo

सुतेर हेर्न मिल्ने ‘वान सिनेमाज’



बानेश्वरस्थित नवनिर्मित आइप्लेक्स मलमा ‘वान सिनेमाज’ हल सञ्चालनमा आएको छ । बानेश्वरबाट गौशलातर्फ जाने बाटोमा रहेको उक्त मल्टीप्लेक्स हलको पर्यटनमन्त्री योगेश भट्टराईले उद्घाटन गरेका हुन् । भट्टराईले मानिसहरुको रोजाई अनुसारको स्तरिय हल निर्माणले नेपाली चलचित्रको विकासमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

चार सय १० दर्शक क्षमताका दुई अडिटोरियम भएको उक्त हलमा फोके प्रविधि अपनाइएको छ । हलमा ३ भदौंदेखि चलचित्र “ कबड्डी कबड्डी कबड्डी” प्रदर्शन हुँनेछ । उद्धाटन कार्यक्रममा हल अवलोकन गर्न चलचित्रकर्मी तथा पत्रकारहरुको ठूलो भीड जम्मा भएको थियो । अभिनेत्री रेखा थापा, दीपाश्री निरौला, श्वेता खड्का, जसिता गुरुङ, धिरज मगरलगायतका कलाकारहरुको उपस्थिती रहेको थियो ।

अन्तरराष्ट्रियस्तरमा बनाइएको उक्त हलको सबैले प्रशंसा गरेका छन् । यो हल ३ भदौंबाट सञ्चालनमा आउने भए पनि मल भने औपचारिक रुपमा अर्को साताबाट व्यसायिक सञ्चालनमा आउने सञ्चालक मध्येका एक प्रभु शम्शेर राणाले जनाएका छन् । यो आइप्लेक्स मल निर्माणको दशक अगाडि त्यही स्थानमा शिवदर्शन हल थियो ।

हलमा थ्रीडी र टुडीसँगै सुतेर चलचित्र हेर्न चाहने दर्शकका लागि त्यही अनुरुपको सिटको पनि व्यवस्था गरिएको छ । हल कोरियोग्राफर तथा निर्देशक रेनशा वान्तवा राईले तीन महिनामा डिजाइन गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्