Logo

नेपाली जादूगरको अमेरिका टुर



नेपाली चलचित्रका लोकप्रिय अभिनेता तथा जादूगर महादेव त्रिपाठी अमेरिका जाने भएको छन् । अमेरिकाको तीन महिना टूरका लागि महादेव यही १३ असोज अमेरिका जान लागेका हुन् ।

अमेरिकाको कोलाराडो, वासिङ्गटन डीसी, भर्जिनिया, टेक्सास लगायतका राज्यहरुमा महादेव त्रिपाठीको कार्यक्रम हुन लागेको जनइएको छ ।

अमेरिकाका जीत कार्कीको प्रमुख आयोजनामा हुन लागेको दशैं–तिहार धमाका कार्यक्रम अन्तर्गत महादेव त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । कार्यक्रममा प्रमुख सल्लाहकार कलाकारव्दय नवराज श्रेष्ठ र मधुकुमार श्रेष्ठ रहेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्