Logo

कंगनाका भाइरल तस्विरहरु (फोटोसहित)



बलिउड अभिनेत्री कंगना राणावतको केही तस्विरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । उनको भाइरल तस्विहरु अब आउने नयाँ तमिल फिल्मको हो । फिल्म “धाम धूम” बाट तमिल फिल्म क्षेत्रमा डेब्यू गरेकी कंगनाले फेरी तमिल फिल्म खेल्न लागेकी छिन् । उनले तमिल निर्देशक ए.एल विजयको महत्वाकांक्षी फिल्म “थलाइवी” मा अभिनय गर्न लागेकी हुन् ।

फिल्म स्वर्गीय राजनीतिज्ञ र तमिलनाडुका पूर्व केन्द्रिय मन्त्री जे जयललिताको बायोपिकमा आधारित हुनेछ । कंगना आफ्नो फिल्मको तयारीमा लागेकी छिन् । उनी निर्देशक विजय र निर्माता ब्रिन्दा प्रसादसँग आफ्नो भूमिकाको लागि कृत्रिम नाप लिन क्यालिफोर्निया पुगेका हुन् । सामाजिक सञ्जालमा अभिनेत्री कंगनाको कृत्रिम मेकअपका तस्विरहरु भाइरल भइरहेका छन् ।

फिल्मको घोषणा भएदेखि नै मानिसहरू कंगनालाई जयललिताको रुपमा अभिनय हेर्न उत्सुक छन् । निर्माता विष्णु इन्दुरी र ब्रिन्दा प्रसादले हलिउड फिल्म “ब्लेड रनर र कैप्टन मार्वल” मा कार्यरत मेकअप आर्टिस्ट जेसन कोलिन्सले मकअपमा सहयोग गरिरहेको जनाएका छन् । जेसन कोलिन्सले फिल्म “थलाइवी” मा अभिनेत्रीलाई भूमिकाको लेक्समा प्रस्तुत हुन मद्दत गर्दै छन् ।

कंगनाका भाइरल तस्विरहरुः

Photo Source: team_kangana_ranautInstagram

 



प्रतिक्रिया दिनुहोस्