Logo

प्रभासको रावण अवतार



बलिउड अभिनेता प्रभासले फिल्म “साहो” पछि हास्य नाटकमा काम गर्ने भएका छन् । उनले नायिका पुजासँग केके राधा कृष्णको हास्य नाटकमा अभिनय गर्न लागेका हुन् । एक मिडियासँगको अन्तरक्रियाको क्रममा प्रभासले पूरा हुन करिब दुई वर्ष लाग्ने ठूला बजेटका फिल्महरुबाट थकित भएको जनाएका छन् ।

तेलुगू सुपरस्टार प्रभासलाई अझै महत्वाकांशी प्रोजेक्टहरुको लागि अफर आइरहेको छ । प्रभासलाई निर्देशक नितेश तिवारीको आगामी पौराणिक फिल्म रामायणका निर्माताहरुले सम्पर्क गरेको चर्चा चलेको छ ।

फिल्ममा प्रभासलाई रावणको भूमिका अफर गरिएको छ भने निर्माताहरुले अभिनेता ऋतिक रोशनलाई रामको भूमिका दिने कुराकानीमा छन् । उक्त महत्वाकांशी प्रोजेक्टमा अभिनेत्री दीपिका पादुकोणले सीताको भूमिका निर्वाह गर्ने भनिएको छ ।

निर्देशक नितेश तिवारी आफु निर्देशित फिल्म “छिछोरे” को सफलतामा रमाई रहेका छन् । तिवारीले आफ्नो आगामी फिल्मको घोषण गरेका हुन् । फिल्म ६ सय करोडको लगानीमा बन्न लागेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्