Logo

को को कलाकारले पाए पदक (सूचीसहित)



नायिका तथा स्वेता श्री फाउण्डेसनकी स्वेता खड्काले पछिल्लो हप्ता प्रधानमन्त्री के.पी ओलीलाई भेट्दा खुसी व्यक्त गरेकी थिइन् । यसको राज बल्ल खुलेको छ । उनको नाम पदकको सूचीमा परेको रैछ ।

संविधान दिवसको अवसरपारेर सरकारले कलाकारलाई समेत पदक पाउने सूचीमा राखेको छ । गृह मन्त्रालयले शुक्रबार जारी गरेको सूचनामा कलाकार निखिल उप्रेती, स्वेता खड्कासँगै अन्य नाम चलेका कलाकारहरुलाई राखिएको छ ।

सूचीमा कलाकार स्व. खुसीराम पाख्रिन, भुवन चन्द, भैरव बहादुर थापा, बद्री पंगेनी, कालु कुमाले, चेतनारायण राई, जस माया गुरुङ्ग, टंक आचार्य, वरिष्ट हास्यकलाकार मनोज गजुरेल, दिनेश डि.सी, धर्मराज गुरुङ्ग, धीरज राई, निखिल उप्रेती, स्वेता (रन्जना) खड्का, सुरेश अधिकारी, बसुन्धरा भुषाल, संगितकार तथा गीतकार एक नारायण भण्डारी, साहित्यकार रोचक घिमिरे, दामोदर पुडासैनी, संगीतकार नारायण ओली र गायक राम कृष्ण दुवाल रहेका छन् । कलाकार, संगितकार र साहित्यकार गरेर बीस जनालाई पदक प्रदान गर्न लागिएको छ ।

सुप्रबल जनसेवा श्री (तृतीय श्रेणी) मा कलाकार स्व.खुसीराम पाख्रिन, कलाकार भुवन चन्द, कलाकार भैरव बहादुर थापा, गायक राम कृष्ण दुवाल परेका छन् । कीर्तिमय राष्ट्रदीप (चतुर्थी श्रेणी) मा कलाकार बद्री पंगेनी, कालु कुमाले, चेतनारायण राई, जस माया गुरुङ्ग, टंक आचार्य, वरिष्ट हास्यकलाकार मनोज गजुरेल, दिनेश डि.सी, धर्मराज गुरुङ्ग, धीरज राई, निखिल उप्रेती, स्वेता (रन्जना) खड्का, सुरेश अधिकारी, बसुन्धरा भुषाल, संगीतकार नारायण ओली, साहित्यकार रोचक घिमिरे र संगितकार तथा गीतकार एक नारायण भण्डारीको नाम समावेश गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्