Logo

मोबाइल पसल चोरी गर्ने पक्राउ



मुसिकोट, ३ असोज । सदरमुकाम मुसिकोटमा रहेको करण मोबाइल पसलबाट रु तीन लाख बराबरको मोबाइलसहितका सामान चोरी गर्ने एक १६ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ ।युवकले रातको समयमा मोबाइल पसलको ढोकामा लगाएको ताला तोडफोड गरेर मोबाइल सेटसहित इलेक्ट्रिक सामान चोरी गरेको प्रहरी प्रमुख सुमित खड्काले बताए ।

नाम र विस्तृत विवरण नखुलाइएका १८ वर्षभन्दामुनिका पक्राउ परेका ती युवकलाई सूचना प्रविधिको उच्चतम सदुपयोग गरेर २४ घण्टाभित्रै पक्राउ गर्न प्रहरी सफल भएको र उनलाई चोरी तथा डाँकासम्बन्धी मुद्दामा जिल्ला अदालत रुकुमबाट पहिलोपटक म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको भनाइ थियो । -रासस



प्रतिक्रिया दिनुहोस्