Logo

सेना र प्रहरीमा पदक पाउने भाग्यमानी (सूचीसहित)



काठमाडौं, ३ असोज । सरकारले संविधान दिवसमा पदकको घोषणा गर्दा सुरक्षा निकायमा विशेष अर्थ राख्छ । पदक पाउनेले बढुवामा अंक पाउने हुँदा यसको विशेष महत्व भएको हो । त्यसैले पुरस्कारका लागि सुरक्षा निकायमा रहेकाहरुले निकै मिहेनत गर्दछन् ।

यसपटक पुरस्कार पाउने सूचीमा प्रधानसेनापनि, रथी, आइजीपी, एआइजीपीहरुको नाम छैन । कमाण्डरले पुरस्कार नपाएपनि उनीहरुभन्दा तल्लो दर्जाकाले पाएका छन् ।

विभुषण समिति सदस्य रहेका उपरथी विनोदकुमार श्रेष्ठको नाम सुकीर्तिमय राष्ट्रदीप तृतिय श्रेणीको सूचीमा छ । सशस्त्रका एआइजीपी नारायणबाबु थापाको नाम पनि यही सूचीमा छ ।

यो पदक पाउनेमध्येमा नेपाली सेनाका उपरथीहरु श्शि चन्द्र बहादुर सिंह, झंकर बहादुर कडायत, सुवर्ण बहादुर शाह, रथीहरु डा. नगेन्द्र बहादुर केसी, सागर बहादुर केसी, सुरेश कुमार कार्की, ध्रँवराज खत्री, आनन्दकुमार अधिकारी, सरद ढकाल, विज्ञान देव पाण्डे, विनय विक्रम राणा, सन्तोकुमार ढकाल, सहदेव खड्का, हिरालाल जोशी छन् । कर्णेलहरु अच्युत प्रसाद अधिकारी, डा. भरतबहादुर भण्डारी, केदार केसी, सुन्दर कुमार पाण्डे र किरण थापा पनि यही पदक पाउने सूचीमा परेका छन् ।

सेनानी सन्देश अधिकारी, मधुसुदन रिमाल, कुमार गुरुङ्ग, राजेन्द्र शाही, सह सेनानी अनिल बस्नेत, प्रमुख सेनानी समुन्द्र थापा पनि पदक पाउने भाग्यमानीमा परेका छन् ।

नेपाल प्रहरीका डिआइजीबाट डा. राजीव सुब्का, पिताम्बर अधिकारी, केदार रिजाल, दिपककुमार थापा, महेन्द्र कुमार पोखरेल, कमल बहादुर जी.टीको नाम सुकीर्तिमय राष्ट्रदीप तृतिय श्रेणी पाउने सूचीमा परेको छ ।

अपराध अनुसन्धानका प्रमुख एसएसपी सहकुल थापाको नाम पनि यही पदक पाउनेको सूचीमा छ । एसएसपीहरु अरुण कुमार वि.सी., डा. दिपक श्रेष्ठका अलावा इन्स्पेक्टरहरु भरत बहादुर शाह, पूर्णिमा कुमारी चन्द, राजेशराज पुरी, सविन कुमार संग्रौला, शर्मिला गुरुङ्ग र प्रमेश बिष्ट पनि पुरस्कारको सूचीमा छन् ।

सशस्त्र प्रहरी बलका एसएसपीहरु ह्रिश्चन्द्र अधिकारी, किशोर प्रधान, अनुसन्धान निर्देशक हरिहर पौड्याल पनि यही पदक पाउनेमा परेका छन् । इन्स्पेक्टरहरु एकराज बुर्लाकोटी, संजिव पौडेल, श्याम सुन्दर नान्जु, रविन थापा र मोन राई पनि परेका छन् ।

जनसेवा श्री पञ्चम श्रेणी पाउनेहरु

प्रहरी नायब निरीक्षकहरु म्हेश केसी, इश्वर राउत, प्रकाश पण्डित, जयकुमार राई, निरु सुवेदी, इमान बहादुर भण्डारी, सशस्त्र प्रहरी नायब निरिक्षक दिपेन्द्र मणि राई छन् ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीले मात्र प्राप्त गर्ने नेपाल प्रताप सुभुषण
यो पदक पाउने सूचीमा डिआइजी सुरज केसी, एसएसपी अरुणकुमार भण्डारी, एसपी शेखर खनाल, डिएसपी राजेन्द्र प्रसाद धमला, रुगम बहादुर कुँवर, रमेशबहादुर सिंह, किरण जंग कुँवर, राजकुमार केसी, उद्धवसिंह भाट, इन्स्पेक्टर दीपक थापा, पुरुषोत्तम राउत क्षेत्री, योगेन्द्र निमिल्सिना, कुमार प्रसाद मैनाली छन् ।

सशस्त्र प्रहरीबाट दिपेन्द्र कुँवर, राजेश लामिछाने, अम्बिका प्रसाद जोशी, तिलक बहादुर खड्का, इन्स्पेक्टर राजन शाह, भवराज कट्वाल, पुरुषोत्तम भण्डारी, प्रकाश भट्ट, निरन्जन गिरी, जगन्नाथ खड्का, देव राम राई, अजिन मास्के, सुरक्षा केसी, इश्वर थापा, राजकुमार राई, योगहाङ पतङवा, दिव्यराज कोइराला छन् ।



प्रतिक्रिया दिनुहोस्