Logo

वसिंगटनमा गोलीबारी, एकको मृत्यु



संयुक्त राज्य अमेरिकाको वासिंगटन डीसीमा गोलिबारी भएको हुँदा एक जनाको मृत्यु भएको छ । बिहिबार राति भएको घटनामा पाँच जना घाइते भएका छन् ।

गोलीबारी कोलम्बिया हाइट्स नजिकैको व्हाइट हाउसबाट करिब दुई किलोमिटर टाढा भएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् । घटना व्हाइट हाउसको धेरै नजिक भएकाले गम्भीर मानिएको हो ।

पोलिसले गोलिबारी गर्ने व्यक्ति सम्झेर शंकास्पद व्यक्तिलाई समातेका छन् । गोलिबारी गर्ने व्यक्ति प्रहरीले अझै पत्ता लगाउन सकेका छैन । उक्त घटना भएको ठाउँबाट कोलम्बिया रोड सम्म कडा निगरानी राखेको हो । एम्बुलेन्सहरूले पीडितलाई घटनास्थलबाट अस्पतालसम्म लगेको हो । -एजेन्सी Photo Source : NCB4



प्रतिक्रिया दिनुहोस्