Logo

फेसबुकको मुख्यालयमा ’आत्महत्या’



फेसबुकको मुख्यालयमा कर्मचारीले आत्महत्या गरेका छन् । कर्मचारी फेसबुकको मेल्नो पार्कमा अवस्थित मुख्यालयमा आत्महत्या गरेका हुन् ।मुख्यालयको भवनभित्रै गएराति आत्महत्या गरेका हुन् । आत्महत्या गर्ने कर्मचारी फेसबुकको सफ्टवेयर इन्जिनियर थिए । फेसबुकका प्रवक्ताले उक्त घटनाको जानकारी गराएका छन् । मृतकको परिवारसंग कुरा गरिरहेको जनाएका छन् ।

शहरको पुलिस विभागले कर्मचारीलाई घटनास्थलमा मृत घोषित गरेका थिए । घटनाप्रति दुख व्यक्त गर्दै फेसबुकका प्रवक्ताले बताए फेसबुक निरन्तर प्रहरीलाई अनुसन्धानका लागि साथ दिइरहेको बताएको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।सँसारको सबैभन्दा सशक्त सामाजिक सञ्जाल फेसबुकको मुख्यालयमा भएको आत्महत्याको घटनालाई गम्भीरताका साथ लिइएको छ । –एजेन्सी Photo Source :Racial Justice Now!



प्रतिक्रिया दिनुहोस्