Logo

गुगल अर्थको सहाराले शव फेला



फ्लोरिडास्थित व्यक्तिले गूगल अर्थको सहाराले २२ बर्ष अगाडीको शव गाडी सहित फेला परेको छ । मृतकको नाम मोल्ड्ट भएको समेत पत्ता लागेको छ । उनी ४० वर्षका हुदा गायब भएको खबर आएको थियो । १९९७ नोभेम्बर ८ मा गायब भएका थिए ।
एक व्यक्तिले गूगलको सहारा लिएर घर पत्ता लगाउन खोज्दा अचानक नयाँ वस्तु देखे । उनले तलाउमा कार रहेको देखेपछि त्यसबारे सोधखोज गरे । यसपछि प्रहरीलाई जानकारी गराइयो
प्रहरीले खोजतलासका क्रममा दुई दशक देखि शवको हड्डी कार भित्रै रहेको पुष्टि गरिएको थियो । व्यक्तिले आफ्नो घर ओरिपरिको दृश्यहरु गुगलबाट हेर्दै र खोजि गरिरहेको थिए । अझै नजिकको तस्बिर लिनेको लागि ती व्यक्तिले ड्रोनलाई पानी भित्र लगेका थिए गाडी नै हो भनेर पुष्टि समेत गरेका थिए ।
प्रहरीले उक्त गाडीलाई निकालेको थियो । मृतकको हड्डी गाडी भित्र रहेको समेत बताएका थिए । उक्त गाडी अझै हेर्न सकिन्छ । उक्त गाडीमा मृतकको हड्डीले गाडी लेपित भएको देख्न पाईन्छ । एजेन्सी Photo Source: 6 ABC Philadelpia



प्रतिक्रिया दिनुहोस्