Logo

बमको हल्लापछि कुकुरसहित जब एसपी खनाल पुगे जानकी मन्दिर



रिपोर्टर्स नेपाल, धनुषा, ३ असोज । नेपाल प्रताप सुभुषण पदक पाउने सूचीमा परेपछि धनुषा जिल्लाका प्रहरी प्रमुख एसपी शेखर खनाललाई बधाईको ओइरो आइरहेको थियो । शुभचिन्तककको बधाई सुन्दै फोनमा धन्यवाद भन्दै थिए । त्यत्तिकैमा एउटा खबर आयो जानकी मन्दिरमा बम !

एसपी खनाल तुरुन्त जानकी मन्दिरतर्फ लागे । सार्वजनिक बिदाको दिन सिभिल पोशाकमा थिए । उनले पोशाक लगाउने समय खेर फालेनन् । तत्काल बम यकिन गर्ने कुकुर मगाउन लगाएर जानकी मन्दिरतर्फ हान्निए ।

एसपी खनालसहितको टोली जानकी मन्दिर परिसरमा बम खोज्न सक्रिय भयो । कुकुरलाई जताततै घुमाइयो । तर, बम फेला परेन । हल्लामात्र रहेछ ।

मन्दिरभित्र बम राखिएको भए स्थिति जे पनि हुनसक्थ्यो । धन्न बम राखिएको हल्लामात्र रहेछ । एसपी खनालले सन्तोषको स्वास फेरे । प्रहरीलाई घटना घट्न नदिन सजकता अपनाउन निर्देशन दिए ।



प्रतिक्रिया दिनुहोस्