Logo

संविधान दिवसकै दिन मधेश अलग हुने महन्थ ठाकुरको चेतावनी



काठमाडौं, ३ असोज । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका पूर्व संयोजक तथा सांसद महन्थ ठाकुरले समयमै संविधान संशोधन नभए मधेस अलग हुने चेतावनी दिएका छन् ।

सानो पाइला नामक गैरसरकारी संस्थाले शुक्रबार जनकपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो चेतावनी दिएका हुन् । उनले संविधानले मधेसी, उत्पीडितलगायतका समुदायलाई समावेश नगरेकाले सर्वस्वीकार्य नरहेको धारणा राखे । कार्यक्रमका अरु वक्ताहरुले वर्तमान संविधानको कडा आलोचना गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्