Logo

अस्पतालमा फोहोर : प्रसुती गृहमा नाक थुनेर हिँड्नुपर्छ



काठमाण्डौ । तपाईं बिरामी हुनुभयो भने अस्पताल जानुहुन्छ ? पक्कै पनि जानु हुन्छ । अस्पताल जाने भनेकै उपचारका लागि । तर नेपालका कतिपय अस्पतालमा पुगेपछि रोग निको हुने हैन, नभएको रोग पनि लाग्ने अवस्था छ ।

सन्तोष जोशी । दार्चुलाबाट अफ्नो परिवारको उपचारका लागि परोपकार प्रसुति गृहमा धाउन थालेको २ महिना वितिसकेको छ ।

तर अस्पतालको अवस्था र अस्पताल भित्रैकै फोहोरकौ कारण वाक्क दिक्क भैसकेका छन् । उपचारका लागि अस्पताल पुगेकाहरु नाक मुख थुनेर हिडेनु पर्ने अवस्था रहेको उनको भोगाइ छ ।

त्यहाँ पुग्ने जोकोहीको भोगाई यस्तै छ । यतिवेला देशै भरि विभिन्न रोग फैलिरहेको छ । हजारौ मानिस अस्पतालमा भर्ना भएका छन् । तर उपचारकै लागि पुगिन्छ सोही ठाउँ नै नागरिकको लागि खतरा हुन्छ भने यसको जिम्मेवारी कसले लिने ? जता ततै फोहोर फालिएको छ । कतै ढलका. पानी बगिरहेको छ ।

परोपकार प्रसुति गृहमा दैनिक २ सयको हाराहारीमा महिलाहरु पुग्छन् । तर अस्पतालले दिने सेवा प्रभावकारी छैन । छ त केवल अस्तव्यस्ता र दुर्गन्ध अनि फोहरमैला । अस्पतालको सरसफाईका लागि मात्रै ८७ जना कर्मचारी राखिएको छ । तर फोहरमैला व्यवस्थित हुन सकेको छैन ।

अस्पतालका सुपरभाइजर प्रकाश शर्मासँग यस विषयमा कुरा गर्दा ८७ जना कर्मचारीले सरसफाइको काम गर्दै आएको जवाफ दिए ।

परोपकार प्रसुति गृह त एउटा उदाहरण मात्रै हो । अधिकांश सरकारी अस्पतालको अवस्था यस्तै छ । न सेवा प्रवाह छिटो छरितो हुन्छ, न सरसफाई । अनि विरामीले कसरी पाउँछन् गुणस्तरीय स्वास्थ्य सेवा ? यस विषयमा सरकारले सोच्ने की ?



प्रतिक्रिया दिनुहोस्